‘टुल्की’मा बहुपति प्रथा कथा « Khabarhub

‘टुल्की’मा बहुपति प्रथा कथा


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कर्णाली प्रदेशको हिमाली जिल्लामा प्रचलित बहुपति प्रथाको कथा उठान गरिएको फिल्म ‘टुल्की’को टिजर र फस्ट लुक सार्वजनिक भएको छ । द पाल्म ग्रुपले निर्माण गरेको फिल्म डोल्पाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका स्थानमा छायांकन गरिएको छ ।

काठमाडौंमा बुधबार एक कार्यक्रमका बीच फिल्मको टिजर र फस्टलुक सार्वजनिक गरियो । कार्यक्रममा निर्माता शेखर लामाले डोल्पा, हुम्ला, मुगु, मुस्ताङलगायतका जिल्लामा कुप्रथाको रूपमा कायमै रहेको बहुपति प्रथालाई फिल्ममा देखाइएको बताए ।

‘नेपालमा अहिलेसम्म बहुपति प्रथामा आधारित फिल्म बनेको छैन, त्यो पहिलो प्रयास हामीले ‘टुल्की’मा गरेका छौं । यो फिल्मका लागि मैले चार वर्ष अनुसन्धान गरें’, उनले भने ।

उनका अनुसार बहुपति प्रथामा घरका कुनै एक भाइले विवाह गरेपछि अन्य दाजुभाइले विवाह गर्नुपर्दैन, जुन भाइले पहिला विवाह गरे तीनै भाइकी श्रीमतीसँग सबैले सामूहिक सन्तान जन्माउनेदेखि रात बिताउन पाउने प्रथा छ ।

फिल्ममा आरपी कर्माचार्य र शेखर लामाको लगानी छ । फिल्मलाई विभिन्न फेस्टिभलमा प्रदर्शन गरेर मात्र नेपालमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

देवजंग थापाको छायांकन र निर्देशन रहेको फिल्ममा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बु, दीर्घ लामा, महेश लिम्बु, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायतलगायतको अभिनय छ ।

फिल्ममा संजीव लिम्बुको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन र दीप तुलाधरको मिक्सिङ छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : २७ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी