सहमतिको बाटोमा अघि बढ्न बडादसैँले प्रेरित गरोस् : उपराष्ट्रपति पुन | Khabarhub Khabarhub

सहमतिको बाटोमा अघि बढ्न बडादसैँले प्रेरित गरोस् : उपराष्ट्रपति पुन


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न बडादसैँले सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

नेपालीहरुको महान् चाड बडादसैँ-२०७८ का अवसरमा देशविदेशमा रहेका हिन्दू धर्मावलम्बीलगायतका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै उपराष्ट्रपति पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै सुख, शान्ति, सुस्वास्थ्य समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भागौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो’, सन्देशमा भनिएको छ, ‘हाम्रो देश विविधतायुक्त भाषा, धर्म, संस्कार–संस्कृतिले अत्यन्त भरिपूर्ण छ । संविधानले सबै धार्भिक, सांस्कृतिक, भाषिक समुदायलाई आफ्नो धर्म, संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ ।’

उनले देशमा मनाइने सबैखाले धार्मिक तथा सांस्कृतिक चाडपर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारालाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आइरहेको बताएका छन् ।

बडादसैँको यस पावन पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि र राष्ट्रिय एकता अझै बलियो हुँदै जाने उनले विश्वास पनि व्यक्त गरेका छन् ।

‘नेपाली जनताको लामो सङ्घर्षबाट देशमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता राजनीतिक उपलब्धी प्राप्त भएका छन् । यी उपलब्धीलाई संस्थागत गरेर नयाँ संविधान बनेसँगै देश स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्व र प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा अग्रसर छ’, उपराष्ट्रपतिको शुभकामनामा भनिएको छ, ‘यसबीचमा संविधानको पालन र राजनीतिक स्थायित्वमा केही चुनौती सृजना भए पनि मुलुक लयमा फर्किएर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको छ । बडादसैँले राजनीतिक स्थायित्व, संविधानको पालन, दिगो विकास, राष्ट्रिय एकता, आर्थिक सामाजिक रूपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गर्ने अपेक्षा लिएको छु ।’

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ६ : ३५ बजे

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

भोजपुर– भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या घट्दै गएको छ ।

पहिरोले कोदारी राजमार्ग अवरुद्ध, छ सय ‘कन्टेनर’ सीमापारि

चौतारा– पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल

नबिल बैंकको म्युचुअल फण्ड ‘एन आई ३१’ निष्काशन, कस्तो छ सुरपरिवेक्षको योग्यता ?   

काठमाडौं– नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो 

काठमाडौं –स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता