गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, ६ जना घाइते « Khabarhub

गुल्मीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, ६ जना घाइते


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशैं मनाउन बुटवलबाट गुल्मी सदरमुकाम तम्घास जाँदै गरेको जीप बिहीबार राति दुर्घटना भएको छ ।

लु १ ज ४४९० नम्बरको ९ जना सवार जीप रेसुंगा नगरपालिका–१० पाँचरातेमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

दुर्घटनामा मुसिकोट नगरपालिका–२ का ७२ वर्षीय क्षेत्रबहादुर थापा, ४५ वर्षीया राधिका थापा र मुसिकोट–३ की १९ वर्षीय संगिता सुनार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

एसपी गोपालचन्द्र भट्टराईका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा  मुसिकोट–२ का चालक २६ वर्षीय कमल थापा, ४३ वर्षीय खिमा थापा, ३६ वर्षीय राजु थापा, ३८ वर्षीया जुना थापा, चितवनको भरतपुर उपमहानगरपालिकाकी ५० वर्षीया राधा केशी, भरतपुर–३ की ४७ वर्षीय  सुमित्रा सुनार छन्।

 

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : ४० बजे

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि