१० बजेर २ मिनेटको उत्तम साइतबाट लगाउन थालियो टीका « Khabarhub

१० बजेर २ मिनेटको उत्तम साइतबाट लगाउन थालियो टीका


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालीहरूको महान् चाड बडादसैँको आज मुख्य दिन मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदैछ ।

आज बिहान ८:१९ बजे देवी विसर्जन गरेर बिहान १० बजेर ०२ मिनेटपछि टीका लगाउन थालिएको छ । पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउनका लागि सोही समय शुभ रहेको जनाएको थियो ।

विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०:०२ बजेको दिइएको थियो ।

विदेशबाट आउनेका लागि भने अखिल बलि पूर्ति गरेपछि पनि प्रसाद बाँकी राखेर कोजाग्रत पूर्णिमाका दिनसम्म पनि टीका लगाइदिन सकिने जनाइएको छ ।

शुभ साइतको टीका लगाउन शुरू भएसँगै सडकमा मानिसहरुको चहलपहल बढेको छ । सुनसान देखिएको काठमाडौँका सडक पनि टीका र जमरा लगाएका मानिसहरुको चहलपहल शुरू भएको छ ।  विजयादशमीका लागि मान्यजनकामा जानका लागि मानिसहरु घरघरबाट निस्किएका छन् । यसका कारण सवारीसाधनमा चाप देखिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  १० : ०३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह