राष्ट्रपति भण्डारीद्वारा विश्व हात धुने दिवसको शुभकामना « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा विश्व हात धुने दिवसको शुभकामना


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेकी हुन् ।

उनले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आह्वानसमेत गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘आफ्ना हात सफा राख्नु स्वास्थ्यको हिसाबले अत्यन्तै महत्वपूर्ण कार्य हो, हात सफा नभएका कारणले नै अनेक सङ्क्रमण भई विश्वभर कैयौँ मानिसले मृत्युवरण गर्नुपरेको तथ्याङ्क पाइन्छ । राम्ररी मिचीमिची साबुनपानीले हात धुने र सफा पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भई झाडापखालालगायत अन्य फोहरजन्य रोगव्याधिबाट बच्न सकिन्छ ।’

सन् २००८ अक्टोबर १५ तारिखदेखि नेपालमा विश्व हात धुने दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ९ : ५१ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको