दशैँको सुरुवात कहिलेबाट ? टीका रातो होइन सेतो नै « Khabarhub

दशैँको सुरुवात कहिलेबाट ? टीका रातो होइन सेतो नै


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ । आषाढ शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्मको समयलाई गुप्त नवरात्र भनेर व्याख्या गरिएको छ । उक्त नवरात्रको समयमा साधकहरूका लागि आफ्नो साधनासिद्ध गरि मनोकामना पूर्ण गर्न महत्त्वपूर्ण समय मानिन्छ ।

माघ महिनामा पर्ने नवरात्रमा सरस्वतीको साधना गरि नवरात्र सुरु भएको पाँचौँ दिनमा विशेषगरी सरस्वतीको पूजा तथा आराधर्ना गरिन्छ । त्यस्तै चैत महिनामा पर्ने नवरात्रमा सत्रुबाधा हटाउनका लागि रामको जन्म भएको मानिन्छ ।

आश्विन शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म बडादशैँका रूपमा मनाइने गरिन्छ । प्रतिपदादेखि विधिवत घटस्थापना गरि नवमी तिथिसम्म विशेष शक्तिको पूजागरेपश्चात प्रसादका रुपमा दशमी तिथिका दिन टीका र जमरा लगाउने शास्त्रीय नियम सदीयौंदेखि रहिआएको छ । शरद ऋतुमा पर्ने नवरात्र भएकाले पनि यसलाई शारदीय नवरात्रका रुपमा पनि व्याख्या गरिएको छ ।

तर, बडादशैँको टीका कहिलेदेखि लगाउन थालियो भन्ने एकीन मिति भने भेटिँदैन । भगवान् रामचन्द्र १४वर्षको वनवासका क्रममा रावणको बध गरेर अयोध्या पुगेर विजयोत्सव मनाइएको कारणले पनि यसलाई विजया दशमी पर्व भनेर भनिएको दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव तथा वास्तुविद् सुरेशचन्द्र रिजाल बताउँछन् ।

उनकाअनुसार आश्विन शुक्ल दशमी तिथिका दिन तारा उदय हुने समयमा “विजय’नामक मुहूर्त परेको योग निर्माण हुन्छ । यस्तो मुहूर्तमा सर्वकार्य सिद्धिदायक हुनेहुनाले पनि विजया नाम गरेकी भगवतीको नामले नै विजया दशमी भनिएको हो । रामायणकालदेखि नै विजय प्राप्तिको आशिर्वाद स्वरुप टीका र प्रसादका रूपमा जमरा लगाउने प्रचलन चलिआएको उल्लेख रहेको उनी बताउँछन् ।

दशैँको टीका कहिलेबाट सुरुवात भएको एकीनसाथ भन्न नसकिने संस्कृतिविद् जगमान गुरुङले बताए । उनले पनि दशैँको टीका लगाउने चलन महाभारतकालीन र रामायणकालीन परम्परा रहेको भन्ने श्लोकहरूले सिद्ध गरेको बताए ।

‘भारतमा वर्षमा महाभारत र रामायणको ठूल्ठूलाहरू युद्ध भए । रामायणको युद्ध त भारत वर्षभन्दा बाहिर लंकामा भयो । ठूलो धनजनको क्षति भयो । तर, महावर्षमा त्यति प्रभाव पारेन । महाभारत युद्ध कुरु क्षेत्रमा भयो’, संस्कृतिविद् गुरुङले न्युज कारखानासँग भने, ‘रामायण युद्ध राम र रावणबीच भयो ।

महाभारत युद्ध त भाइभाइबीच भयो । यी युद्धले विश्व विषाक्त भयो । धेरै महिला विधुवा भए । पारिवारिक संगठन भएन । राष्ट्रिय संगठन भएन । मानिसको मनस्थितिलाई जगाउन, पारिवारिक संगठन, समाज र राष्ट्रको संगठनका लागि ऋषिमुनीहरूले महाभारत र रामायण युद्धका महापात्रका नाम स्मरण गरेर श्लोक बनाएको छ । यो श्लोकको आधारमा दशैँको टीका महाभारतकालीन र रामायणकालीन परम्परा हो भन्ने सिद्ध हुन्छ ।’

दशैँको टीका सेतो नै

विजया दशमीको दिन रातो टीका र जमरा लगाउने गरिन्छ । तर, दशैँको टीका सुरुमा सेतो लगाउने गरिएको ज्योतिष रिजाल र संस्कृतिविद् गुरुङ दुवैले बताए ।

संस्कृतिविद् गुरुङका अनुसार दशैँको टीका चामल र दहीमा मुछेर लगाउने गरिएको थियो । तर, पछि रंङ र अबिरको उपलब्धतापछि मात्रै रातो टीका लगाउन थालिएको गुरुङ बताउँछन् ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ११ : ४० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह