बारेकोटका पहिरोपीडितको १५ महिनादेखि त्रिपालको बास « Khabarhub

बारेकोटका पहिरोपीडितको १५ महिनादेखि त्रिपालको बास


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– बारेकोट गाउँपालिका–४ सार्कीटोलको सिंगो दलित समुदाय दुई महिनादेखि त्रिपालमुनि बसिरहेको छ । २५ असोज ०७७ असारको पहिरोले उनीहरू बस्तै आएको बस्ती बगाएपछि राहतमा पाएको त्रिपालमा उनीहरू बस्न थालेका हुन् ।

बारेकोट गाउँपालिकाको वडा नम्बर ४ को तलगाउँ र वडा नम्बर ६ को धुमाको अवस्था पनि उस्तै छ । यी दुवै वडामा एकै दिन फरक समयमा गएको पहिरोमा परेर १४ जनाको ज्यान गुमाएका थिए भने करिब सय परिवार पूर्णरुपमा विस्थापित थिए ।

पहिरोमा परेर ज्यान गुमाएका त गए नै जीवित रहेकाहरू सामान्य आश्रयस्थल समेत नहुँदा अवस्था अत्यन्त दयनीय बनेको छ । दिनहुँजसो पर्ने पानीलाई त्रिपालले नछेक्दा र सरकारले पनि कुनै सहयोग नगर्दा पहिरो पीडितहरू राज्यविहीन झै बनिरहेका छन् । उनीहरूका आँखामा आफन्त र सम्पत्ति गुमाउनु पर्दाको पीडा अझैसम्म पनि छचल्किइरहेको छ ।

भएको जग्गा जमीन, दुःख गरेर आर्जन गरेको सम्पत्ति र ओत लाग्ने घर समेत पहिरोमा बगेपछि बारेकोटका विस्थापित सुरक्षित मानिएको अग्लो ठाउँ र जंगल नजिकको बस्तीमा पाल टाँगेर बसेका छन् । गतबर्ष सरकार, सहयोगी र देश विदेशमा रहेका विभिन्न संघसंस्थाहरूले दिएको सहयोगमा दिन काटेका उनीहरू यो बर्ष भने कतैबाट सहयोग नपाएको गुनासो गर्छन ।

पहिरोमा चार सन्तान गुमाएकी सार्कीटोलकी ७२ वर्षीया दुधी सार्की भन्छिन्, ‘चार सन्तानको सास त दैवले चुड्यो । बचेकाहरूको पनि चुहिने पालमुनि कहिलेसम्म सास रहने हो भन्ने भएको छ ।’ उनले त्रिपालबाट कहिले मुक्ति पाइएला भनेर सुस्केरा हालिन् ।

राहत भन्दा पुनर्वासको माग
रातको बेला गएको पहिरो छिचोल्दै ज्यान बचाएका बारेकोटका पहिरोपीडितहरु राहतभन्दा जतिसक्दो चाँडो पुनर्वासको माग गरिरहेका छन् । पहिरोले घर बास उठाएको १५ महिना बितिसक्दा पनि बारेकोटका पहिरो पीडितहरूको पुनर्वासको प्रबन्ध हुन सकेको छैन ।

साँघुरो पालभित्र ८–९ जना जहान परिवार बस्नुपर्दा उनीहरू निसास्सिएका छन् । बर्खा त जेनतेन धानियो अब चिसो मौसम कसरी बिताउने भन्ने चिन्ताले उनीहरूलाई सताउने गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ३ : २३ बजे

अमेरिकी हतियार भण्डारमा एक हजार इन्टरसेप्टर क्षेप्यास्त्र बाँकी

काठमाडौं– एउटा प्रतिष्ठित संस्थाले इरानविरुद्ध युद्ध लडिरहेको अमेरिकी सेनासँग एक

काठमाडौंमा ‘कर्मा समूह’को लुटपाट आतंक अन्त्य, नाइकेसहित पाँचजना समातिए

काठमाडौं- राजधानी उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य

सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन अध्यक्ष केपी

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम– धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति सुरक्षा

युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित