बारेकोटका पहिरोपीडितको १५ महिनादेखि त्रिपालको बास « Khabarhub

बारेकोटका पहिरोपीडितको १५ महिनादेखि त्रिपालको बास


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– बारेकोट गाउँपालिका–४ सार्कीटोलको सिंगो दलित समुदाय दुई महिनादेखि त्रिपालमुनि बसिरहेको छ । २५ असोज ०७७ असारको पहिरोले उनीहरू बस्तै आएको बस्ती बगाएपछि राहतमा पाएको त्रिपालमा उनीहरू बस्न थालेका हुन् ।

बारेकोट गाउँपालिकाको वडा नम्बर ४ को तलगाउँ र वडा नम्बर ६ को धुमाको अवस्था पनि उस्तै छ । यी दुवै वडामा एकै दिन फरक समयमा गएको पहिरोमा परेर १४ जनाको ज्यान गुमाएका थिए भने करिब सय परिवार पूर्णरुपमा विस्थापित थिए ।

पहिरोमा परेर ज्यान गुमाएका त गए नै जीवित रहेकाहरू सामान्य आश्रयस्थल समेत नहुँदा अवस्था अत्यन्त दयनीय बनेको छ । दिनहुँजसो पर्ने पानीलाई त्रिपालले नछेक्दा र सरकारले पनि कुनै सहयोग नगर्दा पहिरो पीडितहरू राज्यविहीन झै बनिरहेका छन् । उनीहरूका आँखामा आफन्त र सम्पत्ति गुमाउनु पर्दाको पीडा अझैसम्म पनि छचल्किइरहेको छ ।

भएको जग्गा जमीन, दुःख गरेर आर्जन गरेको सम्पत्ति र ओत लाग्ने घर समेत पहिरोमा बगेपछि बारेकोटका विस्थापित सुरक्षित मानिएको अग्लो ठाउँ र जंगल नजिकको बस्तीमा पाल टाँगेर बसेका छन् । गतबर्ष सरकार, सहयोगी र देश विदेशमा रहेका विभिन्न संघसंस्थाहरूले दिएको सहयोगमा दिन काटेका उनीहरू यो बर्ष भने कतैबाट सहयोग नपाएको गुनासो गर्छन ।

पहिरोमा चार सन्तान गुमाएकी सार्कीटोलकी ७२ वर्षीया दुधी सार्की भन्छिन्, ‘चार सन्तानको सास त दैवले चुड्यो । बचेकाहरूको पनि चुहिने पालमुनि कहिलेसम्म सास रहने हो भन्ने भएको छ ।’ उनले त्रिपालबाट कहिले मुक्ति पाइएला भनेर सुस्केरा हालिन् ।

राहत भन्दा पुनर्वासको माग
रातको बेला गएको पहिरो छिचोल्दै ज्यान बचाएका बारेकोटका पहिरोपीडितहरु राहतभन्दा जतिसक्दो चाँडो पुनर्वासको माग गरिरहेका छन् । पहिरोले घर बास उठाएको १५ महिना बितिसक्दा पनि बारेकोटका पहिरो पीडितहरूको पुनर्वासको प्रबन्ध हुन सकेको छैन ।

साँघुरो पालभित्र ८–९ जना जहान परिवार बस्नुपर्दा उनीहरू निसास्सिएका छन् । बर्खा त जेनतेन धानियो अब चिसो मौसम कसरी बिताउने भन्ने चिन्ताले उनीहरूलाई सताउने गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ३ : २३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज