मनाइयो दशैँ, नभ्याउने कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने « Khabarhub

मनाइयो दशैँ, नभ्याउने कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने


२९ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शुक्रबार नेपालीहरूको महान चाड बडा दसैँको विशेष दिन, अर्थात् विजयादशमी । अधिकांश नेपालीहरूले नेपाल पञ्जाङ्ग निर्णायक समितिले तोकिदिएको टिकाको शुभसाइत शुक्रबार बिहान १० बजेर २ मिनेटमै टीका थापेका छन् भने केहीले ठूलाबडाको हातबाट टीका थाप्ने र आशिष् लिने क्रम जारी रहेको छ ।

९ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका पाँच दिनसम्म लगाइन्छ । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र समृद्धिको प्रतीक जमरा लगाई आशिर्वाद थापिन्छ ।

विजयादशमी आफैँमा शुभ भएकाले जतिबेला पनि टीका लगाउँदा हुने बताइन्छ । सुरुमा आफ्ना घरका जेष्ठ सदस्यबाट टीका लगाउन सुरु गर्दै आफ्ना काका, ठूलोबुवा घर, मामा घर, ससुराली र अन्य मान्यजनका घरमा गइरहेका छन् । गण्डक क्षेत्रका केही जिल्ला र अन्य केही स्थानमा शुक्रबार मध्यरातसम्म टीका लगाउने चलन छ भने काठमाडौं उपत्यकासहित पूर्व र गण्डक बाहेकका क्षेत्रमा कोजाग्रत पूर्णीमासम्म नवदुर्गा भवानीको प्रसादका रुपमा दशैँको टीका लगाउने गरिन्छ । पञ्चाङ्ग निर्णायक समितिकाअनुसार शुक्रबारनभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् ।

पुर्णिमासम्म अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी टिका लगाउन सकिने समितीका अध्यक्ष प्रा।कृष्ण खनालले बताउनुभयो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ९ : ०० बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध