सुदर्शनको ‘राजा’ बन्दै राज कटुवाल « Khabarhub

सुदर्शनको ‘राजा’ बन्दै राज कटुवाल


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक सुदर्शन थापाको निर्देशनमा फिल्म ‘राजा’ बन्ने भएको छ । यो फिल्ममा नेकपा एमालेका युवा नेता परशुराम बस्नेतको लगानी रहनेछ । परशुराम नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य सचिवसमेत हुन् ।

फिल्म ‘राजा’मा एक्सनलाई प्राथमिकता दिइने निर्देशक सुदर्शनले बताए । फिल्ममा राज कटुवालको मुख्य भूमिका रहनेछ । अन्य कलाकारको छनोट कार्य जारी रहेको थापाले बताए । राजले केही नेपाली फिल्म र म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

फिल्मको कथा शिवम् अधिकारीले लेखिरहेका छन् । माघको दोश्रो साताबाट यो फिल्मको छायांकन सुरु गरिने निर्माणपक्षले बताएको छ ।

सुदर्शनले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ माघको १९ गतेबाट रिलिज हुँदैछ । सुदर्शनले फिल्म ‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : २१ बजे

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले