सुदर्शनको ‘राजा’ बन्दै राज कटुवाल « Khabarhub

सुदर्शनको ‘राजा’ बन्दै राज कटुवाल


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक सुदर्शन थापाको निर्देशनमा फिल्म ‘राजा’ बन्ने भएको छ । यो फिल्ममा नेकपा एमालेका युवा नेता परशुराम बस्नेतको लगानी रहनेछ । परशुराम नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष तथा प्रदेश नम्बर १ खेलकुद विकास बोर्डका कार्यकारी प्रमुख सदस्य सचिवसमेत हुन् ।

फिल्म ‘राजा’मा एक्सनलाई प्राथमिकता दिइने निर्देशक सुदर्शनले बताए । फिल्ममा राज कटुवालको मुख्य भूमिका रहनेछ । अन्य कलाकारको छनोट कार्य जारी रहेको थापाले बताए । राजले केही नेपाली फिल्म र म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

फिल्मको कथा शिवम् अधिकारीले लेखिरहेका छन् । माघको दोश्रो साताबाट यो फिल्मको छायांकन सुरु गरिने निर्माणपक्षले बताएको छ ।

सुदर्शनले निर्देशन गरेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ माघको १९ गतेबाट रिलिज हुँदैछ । सुदर्शनले फिल्म ‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : २१ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते