मैले न्यायाधीशहरुलाई कहिल्यै भेटेको छैन, चिनेको पनि छैन : ओली (भिडियोसहित) « Khabarhub

मैले न्यायाधीशहरुलाई कहिल्यै भेटेको छैन, चिनेको पनि छैन : ओली (भिडियोसहित)

'मैले जनता नहँसाएर के मान्छे मार्दै, विधवा बनाउँदै हिँडौँ त ?'


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्चका न्यायाधीशलाई नभेटेको दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली पक्षको प्रदेश १ स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म सर्वोच्चका कुनै पनि न्यायाधीशलाई नभेटेको दाबी गरेका हुन ।

उनले न्यायाधीशहरुलाई चिन्दा पनि नचिनेको बाताउँदै सर्वोच्च अदालतमाथि आक्रमण भएको आरोप समेत लगाए ।

प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म संसद विघटनको मुद्दामा रहेका कुनै पनि न्यायाधीशहरुलाई नभेटेको बताएका हुन ।

प्रधानमन्त्री ओलीले भने,’ती नाम गरेका न्यायाधीशहरुलाई कहिले पनि भेटेको छैन। यसपटक मात्र होइन कहिले पनि।’

आफूले संसदविघटनको मुद्दा हेरिरहेका अधिकांश न्यायाधीशहरुलाई चिन्दा पनि नचिनेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफूले प्रतिनिधिसभा विघटन गर्दा संविधानको धारा उल्लेख नगरिएको भन्दै विवाद झिक्न खोजिएको समेत आरोप लगाए ।

उनले संविधानअनुसार नै प्रतिनिधसभा विघटन गरेको बताउदै आफ्नो अधिकार प्रयोग गरेको बताए ।

हेरौँ भिडियो


जनता हाँसेकोमा अरुलाई सहिनसक्नु भयो

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफूले हँसाएर नेपाली जनतामा आएको मुस्कानमा अरुलाई खपिनसक्नु पीर परेको तर्क गरे ।

नेकपाकै अर्को समूहका नेता दाहाल–नेपाल पक्षलाई इंगित गर्दै ओलीले उनीहरुलाई ‘रुवाउने’को संज्ञा दिए।

ओलीले भने, ‘दुनियाँलाई रुवाएर आएकाहरुलाई हँसाएकोमा पीर पर्‍या छ। जोक्करै रहेछ भन्याछ। कसैको घोडा खोसेर रुवाएको छ। कसैको गाडी खोसेर रुवाएको छ। कसैको घर र पैसा खोसेर रुवाएको छ।’

उनले थपे, ‘नेपाली जनता हासेकोमा किन पीर पर्‍यो ? त्यसो भए के म मान्छे मार्दै टुहुरा, विधवा बनाउँदै हिँडू ।’

देश बर्बाद पार्न नपाएको उनीहरु चिन्तामात्र भएको आरोप लगाए । जनताको मुहारमा खुसी ल्याउन खोज्दा उनीहरुलाई सहिनसक्नु भएको टिप्पणी गरे।

ओलीले भने, ‘उहाँहरुले देश बर्बाद पार्न खोज्नुभएको थियो। हामीले दिएनौँ । सहिनसक्नु भएको छ होला ।’

ओलीले आफू देशको अनुहारमा मुस्कान ल्याउन खोजिरहेको बताए । उनले भने, ‘म हाम्रा बालबालिका, किशोर, युवा, बाआमा, मजदूर – किसानहरुको अनुहारमा मुस्कान ल्याउन चाहन्छु।’

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ८ : ५० बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको