निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन « Khabarhub

निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन गृहसचिवको निर्देशन


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन।

जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा आज सम्पन्न अन्तर जिल्ला सुरक्षा समन्वय गोष्ठीलाई सम्बोधन गर्दै उनले निर्वाचन सुरक्षामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबाट चुनौती रहेकाले गम्भीर हुन निर्देशन दिए ।

गृहसचिव न्यौपानेले विप्लव समूहका हरेक गतिविधिहरु कडाइका साथ रोक्न प्रजिअलाई निर्देशन दिए ।

“शान्तिसुरक्षा कायम गर्न तथा नागरिकको जीउधनको रक्षार्थ कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभएको छ”, सुर्खेतका प्रजिअ हीरालाल रेग्मीले भने ।

गोष्ठीमा सुर्खेतसँग सीमा जोडिएका छ जिल्लाका प्रजिअ सहभागी थिए । प्रजिअहरुले आ–आफ्नो जिल्लामा विप्लव समूहको प्रभावबारे रिपोर्टिङ गरेका थिए ।

सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका अछाम, लुम्बिनी प्रदेशका दाङ, बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रदेश कार्यालय प्रमुखहरु सहभागी थिए ।

गृहसचिव न्यौपानेले आजै जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासीय भवनको शिलान्यास गरे । प्रशासन कार्यालयका अनुसार रु सात करोड ६१ लाख ५८ हजार लागतमा उक्त भवन निर्माण हुँदैछ ।

त्यस्तै गृहसचिव न्यौपानेले प्रशासन कार्यालय परिसरमै निर्माण भएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको पनि उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ८ : २५ बजे

मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

जनकपुरधाम– मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग

सडक पुगेपछि सहज बन्यो गाउँलेको दैनिकी

चितवन– घरसम्मै गाडी पुगेपछि यहाँको इच्छाकामना गाउँपालिका–२ घुर्केसकी विसु गुरुङको

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग