‘थेत्लङ’ को अमेरिकामा विशेष शो « Khabarhub

‘थेत्लङ’ को अमेरिकामा विशेष शो


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सिक्किम तथा नेपालको काठमाडाैं, पाँचथर, इलाम, धरानमा प्रदर्शन भइसकेको लिम्बु भाषाको फिल्म ‘थेत्लङ’ को अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाइटको ग्याल्सुंङ्दो हलमा विशेष शो गरिएको छ ।

सिक्किमका स्थापित लिम्बू साहित्यकार देउमान होन्दोक लिम्बुद्वारा लिखित उपन्यासमा आधारित लिम्बू लिपि र भाषामा लिखित पुस्तकलाई फिल्मका प्रस्तुतकर्ता मनि ताम्लिङको सहयोगमा सागर केरुङले पटकथा तथा संवाद तयार गरेका हुन् ।

ओपेरा डिजिटलको व्यानरमा निर्मित ‘थेत्लङ’ मा मनि ताम्लिङ र विराज लिम्बुको लगानी रहेको छ । निर्देशक किशोर सुब्बाका अनुसार फिल्म अमेरिकाको क्यालिफोर्निया, टेक्सास, ओहायुलगायतसहित क्यानाडा, अष्ट्रेलिया, जापान, कोरिया, बेलायत, मलेसिया, हङकङ आदि देशमा प्रदर्शन हुनेछ ।

फिल्ममा विशाल सेनेहाङ्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिवाङ, सागर केरुङ, सुखविर लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा दिनेश लिम्बुको नृत्य, हेमन्त योञ्जनको छायांकन, देउमान होन्दोक लिम्बुको कथा र सागर केरुङको पटकथा र सम्वाद रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १२ : ५९ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते