‘थेत्लङ’ को अमेरिकामा विशेष शो « Khabarhub

‘थेत्लङ’ को अमेरिकामा विशेष शो


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको सिक्किम तथा नेपालको काठमाडाैं, पाँचथर, इलाम, धरानमा प्रदर्शन भइसकेको लिम्बु भाषाको फिल्म ‘थेत्लङ’ को अमेरिकाको न्युयोर्कस्थित ज्याक्सनहाइटको ग्याल्सुंङ्दो हलमा विशेष शो गरिएको छ ।

सिक्किमका स्थापित लिम्बू साहित्यकार देउमान होन्दोक लिम्बुद्वारा लिखित उपन्यासमा आधारित लिम्बू लिपि र भाषामा लिखित पुस्तकलाई फिल्मका प्रस्तुतकर्ता मनि ताम्लिङको सहयोगमा सागर केरुङले पटकथा तथा संवाद तयार गरेका हुन् ।

ओपेरा डिजिटलको व्यानरमा निर्मित ‘थेत्लङ’ मा मनि ताम्लिङ र विराज लिम्बुको लगानी रहेको छ । निर्देशक किशोर सुब्बाका अनुसार फिल्म अमेरिकाको क्यालिफोर्निया, टेक्सास, ओहायुलगायतसहित क्यानाडा, अष्ट्रेलिया, जापान, कोरिया, बेलायत, मलेसिया, हङकङ आदि देशमा प्रदर्शन हुनेछ ।

फिल्ममा विशाल सेनेहाङ्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिवाङ, सागर केरुङ, सुखविर लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा दिनेश लिम्बुको नृत्य, हेमन्त योञ्जनको छायांकन, देउमान होन्दोक लिम्बुको कथा र सागर केरुङको पटकथा र सम्वाद रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १२ : ५९ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र