‘घुइँचो’मा एलिजा अनुबन्धित « Khabarhub

‘घुइँचो’मा एलिजा अनुबन्धित


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री तथा मोडल एलिजा गौतम फिल्म ‘घुइँचो’मा अनुबन्धित भएकी छन् । डेब्यू फिल्म ‘अनुराग’ पछि उनले यो फिल्ममा अभिनयको सम्झौता गरेकी हुन् । ‘घुइँचो’ अघि ‘घिन्ताङ’मा अभिनयको सम्झौता गरे पनि अन्तिम समयमा आएर उनले हात झिकेकी थिइन् ।

क्यानडाबाट फर्किएको केही समयपछि एलिजा रामजी दैलेखीले निर्माण गर्न लागेको फिल्म ‘घुइँचो’मा पक्कापक्की भएकी हुन् । निर्माता दैलेखी र अभिनेत्री गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने फिल्मले एउटा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ ।

एलिजाले ‘घुइँचो’को कथा आफूले खोजेजस्तै पाएकाले काम गर्न इच्छुक भएको खुलाइन् । निर्माता दैलेखीले अन्य कलाकार पनि चाँडै फाइनल हुने जानकारी दिए ।

‘नेपालका हरेक क्षेत्रमा मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुइँचो देखिन्छ । जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिका जानका लागि देखिएको आशक्ती र त्यहाँको भीडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा फिल्म बन्नेछ,’ दैलेखीले भने ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ११ : ३८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको