‘घुइँचो’मा एलिजा अनुबन्धित « Khabarhub

‘घुइँचो’मा एलिजा अनुबन्धित


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री तथा मोडल एलिजा गौतम फिल्म ‘घुइँचो’मा अनुबन्धित भएकी छन् । डेब्यू फिल्म ‘अनुराग’ पछि उनले यो फिल्ममा अभिनयको सम्झौता गरेकी हुन् । ‘घुइँचो’ अघि ‘घिन्ताङ’मा अभिनयको सम्झौता गरे पनि अन्तिम समयमा आएर उनले हात झिकेकी थिइन् ।

क्यानडाबाट फर्किएको केही समयपछि एलिजा रामजी दैलेखीले निर्माण गर्न लागेको फिल्म ‘घुइँचो’मा पक्कापक्की भएकी हुन् । निर्माता दैलेखी र अभिनेत्री गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने फिल्मले एउटा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ ।

एलिजाले ‘घुइँचो’को कथा आफूले खोजेजस्तै पाएकाले काम गर्न इच्छुक भएको खुलाइन् । निर्माता दैलेखीले अन्य कलाकार पनि चाँडै फाइनल हुने जानकारी दिए ।

‘नेपालका हरेक क्षेत्रमा मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुइँचो देखिन्छ । जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिका जानका लागि देखिएको आशक्ती र त्यहाँको भीडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा फिल्म बन्नेछ,’ दैलेखीले भने ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ११ : ३८ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते