केकी अभिनित ‘सिल्ली फो’को छायांकन पुरा « Khabarhub

केकी अभिनित ‘सिल्ली फो’को छायांकन पुरा


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अभिनेत्री केकी अधिकारीको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘सिल्ली फो’को छायांकन पुरा भएको छ । अभिनेत्री अधिकारीको शुक्रबार परेको जन्मदिनका अवसरमा नेपालगञ्ज आसपास छायांकन गरिएको फिल्मको ‘इन्डक्ल्याप’ गरिएको हो ।

फिल्मका निर्देशक राजबहादुर सानेले कमेडी जनरामा निर्माण भएको फिल्मले केकीलाई जन्मदिनको शुभकामना दिँदै छायांकन पुरा गरेको बताए । फिल्ममा केकीका अलावा धिरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पुर्णचन्द्र पोखरेल, अनिता लामिछाने लगायतका कलाकारको अभिनय छ ।

यही फिल्मबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईले अभिनयमा डेव्यु गर्दैछन् । ह्याप्पी फिल्मको व्यानरमा निर्माण भएको फिल्मका निर्माता मनोज डिके हुन् ।

विशाल श्रेष्ठ र सागर विष्ट सह–निर्माता रहेको फिल्ममा रबी केसीको मेकअप, शिव विकको कोरियोग्राफी, देब महर्जनको द्वन्द्व, दिव्यराज सुवेदीको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  २ : ३७ बजे

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित