‘पारस’ छोडेका माधव वाग्ले नयाँ फिल्मको तयारीमा « Khabarhub

‘पारस’ छोडेका माधव वाग्ले नयाँ फिल्मको तयारीमा


५ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही वर्षदेखि नेपाली फिल्म वृत्तमा ‘पारस’ निर्माण हुने र सो फिल्मलाई निर्माता माधव वाग्लेले निर्देशन गर्ने चर्चा थियो ।

माधव वाग्लेको डेब्यु निर्देशन रहने भएकाले पनि फिल्मलाई चासोका साथ हेरिएको थियो । फिल्ममा अनमोल केसीको पनि शीर्ष भूमिका रहने फाइनल भइसकेको थियो ।

सो फिल्ममा शुरुदेखि नै माधव वाग्लेले काम गर्ने भनिए पनि वाग्लेले उक्त फिल्मबाट हात झिकेका छन् । भुवन केसीले फिल्मको कथा नै तोडमोड गरेपछि आफूले हात झिकेको वाग्लेले बताएका छन् ।

खबरहबको कुराकानीमा वाग्लेले अर्को प्रोजेक्टको तयारी थालेको बताए । उनका अनुसार अब बन्ने फिल्म सामाजिक कथामा आधारित हुनेछ ।

यद्यपि फिल्मको नाम र कलाकारबारे उनले बताउन चाहेनन् । ‘कथा चित्त नबुझेपछि मैले प्रोजेक्ट नै उहाँहरुलाई जिम्मा दिएँ, नयाँ प्रोजेक्टको तयारीमा छु,’ वाग्लेले भने ।

नयाँ फिल्ममा कलाकार को को रहने भन्नेबारे अझै तय नभएको बुझिएको छ । निर्माता वाग्लेले पत्रकार सम्मेलन गरेर फिल्मको घोषणा गर्ने तयारी थालेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  १० : ५१ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा