'विप्लव'सम्मिलित चार पार्टी मोर्चाको आज बुटवलमा जनसभा | Khabarhub Khabarhub

‘विप्लव’सम्मिलित चार पार्टी मोर्चाको आज बुटवलमा जनसभा


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार पार्टी सम्मिलित रणनीतिक संयुक्त मोर्चाले आज रुपन्देहीको बुटवलमा खुला जनसभा गर्दैछ ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सम्मिलित रणनीतिक संयुक्त मोर्चाले बुटवलको ट्राफिक चोकमा जनसभा गर्न लागेको हो ।

प्रतिबन्धित विप्लव समूहसहित चार पार्टीबीच माघ २९ गते काठमाडौंमा रणनीतिक संयुक्त मोर्चा घोषणा भएको थियो ।

मोर्चाको पहिलो चरणको कार्यक्रम अन्तर्गत बुटवलमा गर्न लागिएको सभामा विप्लवसहितका चारै वटा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदीले बताए ।

सभा हुनुअघि बुटवलको राजमार्ग चौराहाबाट र्‍याली निकालिने सुवेदीले बताए ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि घोषणा भएको मोर्चाले संसद पुनःस्थापना वा निर्वाचन दुवैबाट निकास ननिस्कने भन्दै संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्ने बताएको छ ।

चार पार्टीको संयुक्त मोर्चा प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म नै घोषणा गरिने बताइएको छ । संयुक्त संघर्षका लागि संयुक्त मोर्चा बनाएका चार पार्टीबीच पार्टी एकताको पहल भइरहेको क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले मार्चा घोषणा कार्यक्रममा बताएका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ९ : २५ बजे

टी-२० विश्वकप खेल्ने ओमान टिमको घोषणा

काठमाडौं- ओमानले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

यस्तो छ श्रम मन्त्रीद्वारा घोषित ‘श्रमाधान योजना’, सात कार्यक्रम प्रस्ताव

काठमाडौं – १३५औं अन्तरराष्ट्रिय श्रमिक दिवस (मे डे) अवसरमा श्रम,

सरकारी कामकाजी भाषा ऐन वैशाख २४ देखि लागू हुने

काठमाडौं– बागमती प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गरेको

पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो