‘विप्लव’सम्मिलित चार पार्टी मोर्चाको आज बुटवलमा जनसभा « Khabarhub

‘विप्लव’सम्मिलित चार पार्टी मोर्चाको आज बुटवलमा जनसभा


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार पार्टी सम्मिलित रणनीतिक संयुक्त मोर्चाले आज रुपन्देहीको बुटवलमा खुला जनसभा गर्दैछ ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी सम्मिलित रणनीतिक संयुक्त मोर्चाले बुटवलको ट्राफिक चोकमा जनसभा गर्न लागेको हो ।

प्रतिबन्धित विप्लव समूहसहित चार पार्टीबीच माघ २९ गते काठमाडौंमा रणनीतिक संयुक्त मोर्चा घोषणा भएको थियो ।

मोर्चाको पहिलो चरणको कार्यक्रम अन्तर्गत बुटवलमा गर्न लागिएको सभामा विप्लवसहितका चारै वटा पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदीले बताए ।

सभा हुनुअघि बुटवलको राजमार्ग चौराहाबाट र्‍याली निकालिने सुवेदीले बताए ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि घोषणा भएको मोर्चाले संसद पुनःस्थापना वा निर्वाचन दुवैबाट निकास ननिस्कने भन्दै संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्ने बताएको छ ।

चार पार्टीको संयुक्त मोर्चा प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म नै घोषणा गरिने बताइएको छ । संयुक्त संघर्षका लागि संयुक्त मोर्चा बनाएका चार पार्टीबीच पार्टी एकताको पहल भइरहेको क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले मार्चा घोषणा कार्यक्रममा बताएका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ९ : २५ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण