प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरिएकी महिलाको उद्धार | Khabarhub Khabarhub

प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरिएकी महिलाको उद्धार


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्धार गरिएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

उनका अनुसार उद्धार गरिएकी महिलासहित डगौरालाई आवश्यक कारवाहीका लागि प्रहरीचौकी त्रिनगरमा बुझाइएको छ ।

सीमा क्षेत्रबाट लागुऔषधसहित पक्राउ

पुनर्वास नगरपालिका–४ कार्गिलडाँडास्थित नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित सशस्त्र प्रहरीले गए राति एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१ शिवमन्दिर बस्ने ३० वर्षीय सद्दाम मिया रहेका छन् ।

मियाले चलाएको से४प ७७६७ नम्बरको मोटरसाइकलसहित लागुऔषध प्याइभोन स्पास प्लस १० गोटा चक्की, नेट्राभेट दुई चक्की र एक ग्राम खैरो हिरोइन बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए ।

पक्राउ परेका मियालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १० : ५६ बजे

वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुरु

काठमाडौं– वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुरु भएको छ

न्यायाधीशले विवेकपूर्ण तरिकाले निर्णय गर्नुपर्छ : प्रधानन्यायाधीश राउत

 काठमाडौं–  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूले विवेकपूर्ण तरिकाले न्याय पर्ने

उद्धारमा गएकाहरू भिरमै अड्किए, फोनमा बोल्दा-बोल्दै प्राण त्यागे पुसेले

धनगढी– कर्णाली नदी किनारको भीरमा अड्किएका सात जनाको १८ घण्टा पछि

वीरेन्द्रनगरको एक होटेलमा आगलागी

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका–६ बीचबजारमा आगलागी भएको छ । वीरेन्द्रनगर बजारको

चरेससहित पर्सामा तीन जना पक्राउ

 पर्सा– पर्सा प्रहरीले चरेससहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ