अवहेलना मुद्दाको लिखित जवाफ दिन सर्वोच्च पुगे प्रधानमन्त्री « Khabarhub

अवहेलना मुद्दाको लिखित जवाफ दिन सर्वोच्च पुगे प्रधानमन्त्री


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अवहेलना मुद्दाको लिखित जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफसहित सर्वोच्च अदालत पुगेका छन् ।

संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए ।

गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए ।

रिट निवेदकको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् तमासा देखाउन’ भनेर अपमानजनक अभिव्यक्ति दिएका थिए ।

सोही मुद्दामा गत माघ १५ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १२ : ०४ बजे

सद्भावको सन्देश लिएर जिल्ला जान आफ्ना सांसदहरुलाई रविको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई सद्भावको

सामाजिक सञ्जाल र पत्रकारलाई एकै घानमा हालेर सञ्चारमन्त्रीले लगाए भ्रम फैल्याएको आरोप

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनसरीसहित मधेश प्रदेशका

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

रास्वपा बैठकमा रविको आक्रोश– ‘पद चाहिए मलाई भन्नू, मिडियालाई होइन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक महिनापछि बुधबार

विद्युत् ‘पोल’ भाडा बक्यौता असुली प्रक्रिया सुरु

काठमाडौं– लामो समयदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरणको विद्युत् ‘पोल’ भाडा बक्यौता