पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियूद्वारा आयल निगम घेराउ (भिडियोसहित) « Khabarhub

पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियूद्वारा आयल निगम घेराउ (भिडियोसहित)


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै नेकपा दाहाल–नेपाल पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियूले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ।

बिहीबार नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो । प्रदर्शनमा सहभागीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए ।

एक हप्तामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

हेरौँ भिडियो

उनीहरु बढ्दो महङ्गी नियन्त्रण गर, मूल्य वृद्धिले ढाड सेकियो लगायतका नारा लगाउँदै प्लेकार्डसहति प्रदर्शनमा उत्रिएका थिए ।

आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ४ : ५३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण