महिला हिंसा न्यूनीकरणका लागि नयाँ सामाजिक अभियान शुरु गर्न राष्ट्रपतिबाट आह्वान | Khabarhub Khabarhub

महिला हिंसा न्यूनीकरणका लागि नयाँ सामाजिक अभियान शुरु गर्न राष्ट्रपतिबाट आह्वान


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई समाजले हेर्ने दृष्टिकोणमा अझ सकारात्मक परिवर्तन ल्याउन थप प्रयास जरुरी देखिएको बताएकी छिन् ।

महिला हिंसा न्यूनीकरणका लागि आज राष्ट्रपति कार्यालयमा संवैधानिक आयोगका अध्यक्ष तथा सदस्य, विभिन्न मन्त्रालयका सचिवसहित नागरिक समाजका प्रतिनिधिसँगको छलफलमा राष्ट्रपति भण्डारीले महिलालाई सम्मान दिने असल सामाजिक परम्पराको रक्षा गर्दै छुवाछूत, अन्धविश्वास र कुरीति हटाउने नयाँ सामाजिक अभियान शुरु गर्न सम्बद्ध सबैलाई आह्वान गरिन् ।

महिलाविरुद्ध हुने हिंसा विगतका तुलनामा चमत्कारिक परिवर्तन भई केही कम देखिए पनि पछिल्लो समयमा डरलाग्दो गरी हिंसाका घटना हुनु दुःखद् रहेको जनाउँदै राष्ट्रपतिले संरचना र कानून निर्माणमा परिवर्तन भए पनि आपराधिक मानसिकता उस्तै रहेकाले दुःखद् घटनाको सामना गर्नुपरेको बताइन् ।

सो अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा न्यूनीकरण गर्न नीतिगत सुधार र सामाजिक अभियानको नेतृत्व गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

पीडितलाई तत्काल राहत र पुनःस्थापनाका विषयमा थप प्रभावकारी कदम चाल्न आवश्यक रहेको जनाउँदै मन्त्री महतोले त्यसका लागि प्रदेश र स्थानीय सरकारको सहयोग आवश्यक रहने बताइन् ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले महिलामाथि हुने हिंसा न्यूनीकरणका लागि निर्माण भएका कानूनको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखिन् ।

राष्ट्रिय दलित आयोग र राष्ट्रिय समावेशी आयोगका सदस्य, संयुक्त राष्ट्रसङ्घीय सिड कमिटीका उपाध्यक्ष वन्दना राणासहित महिला अधिकारकर्मी तथा क्रियाशील महिला सञ्चारकर्मीले मानसिकता परिवर्तन गर्नु नै अहिलेको ठूलो चुनौती रहेको धारणा राखेका थिए ।

डेढ वर्षअघि कञ्चनपुर र गत माघ २१ गते बैतडी जिल्लामा किशोरीहरूमाथि भएका जघन्य हिंसा र हत्याका घटनामा राष्ट्रपतिको चासो र चिन्ता रहेकाले नीतिगत, कानूनी र व्यावहारिक सुधारको पहल गर्न राष्ट्रपति कार्यालयले सरोकार पक्षसँग छलफलको आयोजना गरेको राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए ।

“समाजमा हुने हिंसात्मक घटनाप्रति सम्माननीय राष्ट्रपति धेरै संवेदनशील हुनुहुन्छ”, उनले भने, “त्यही संवेदनशीलताकै कारण कार्यक्रम आयोजना गरिएको हो ।”

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १० : ०१ बजे

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ : प्रवक्ता महत

त्रिशूली– नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ : उपराष्ट्रपति यादव

बारा– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा

पलाँता गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत– कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन अध्यक्ष लक्ष्मणबहादुर बम, उपाध्यक्ष दाना न्यौपानेसहित

बजेट वक्तव्य नै कार्यान्वयन गर्दैन सरकार

काठमाडौं – लोकरिझ्याइँमा टिक्न महत्वाकाङ्क्षी लक्ष्य राखेर ल्याउने गरेको वार्षिक

भुइँमान्छेको योगदान बिर्सेका छैनौँ : प्रदीप ज्ञवाली

 काठमाडौं– नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा भूमिका