राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना र जापानी राजदूतबीच बिदाई भेट « Khabarhub

राष्ट्रियसभाका अध्यक्ष तिमल्सिना र जापानी राजदूतबीच बिदाई भेट


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बिदाई भेट गरेका छन्।

राजदूत सइगोले आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाई भेट गरेका हुन् ।

सो क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडि बढिरहेको बताए ।

त्यस्तै जापान नेपालको साझेदारी राष्ट्र भएकाले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने उल्लेख गरे । सो क्रममा जापानी राजदूत सइगोले नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताएका थिए ।

त्यस्तै आफ्नो कार्यकालमा नेपालका तीन मन्त्रीले भ्रमण गरेको जानकारी गराउँदै दुई देशका संसदबीच अनुभव आदान–प्रदान भइरहेको बताएको राष्ट्रियसभा अध्यक्ष तिमिल्सीनाले जानकारी दिए ।

अध्यक्ष तिमिल्सिनाले राजदूत साइगोलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा बधाई तथा धन्यवादसमेत ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ९ : २५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा