महिना दिनसम्म त्रिपालमा मनाङका बाढी प्रभावित « Khabarhub

महिना दिनसम्म त्रिपालमा मनाङका बाढी प्रभावित


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ- गत जेठ ३१ रातिदेखि मर्स्याङ्दी नदीमा आएको बाढीपहिराले असार १ गते हिमाली जिल्ला मनाङको तल्लो भाग डुबानमा पर्‍यो ।

जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका–१ तालगाउँ पूर्णरूपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको छ । नासोंका धेरै भाग डुबान र पहिराका कारण भौतिक संरचनामा पूर्ण क्षति पुगेको छ ।

त्यस्तै मनाङको सदरमुकाम चामेमा बाढीले पाँच घर डुबायो । सदरमुकाममा नै रहेको तातोपानी बगायो । घट्टेखोलामा आएको बाढीले पनि पाँच घर बगायो ।

मर्स्याङ्दी नदीको किनारमा धेरै बस्ती रहेकाले नदीको सतह बढेपछि डुबानमा पर्नुका साथै कटानले भौतिक संरचना बगाएको छ । मनाङवासीको घर पनि बगाएपछि उनीहरू एक महिना हुँदासम्म त्रिपालमुनि बस्न बाध्य भएका छन् ।

चामेकी स्थानीयवासी सीता गुरुङ लगातार पानी परेपछि आएको बाढीले घर बगाएको र घर बगाएपछि बास र गाँसको समेत समस्या रहेको बताउँछन् ।

“बाढी पहिरोले घर बगाएपछि एक महिनासम्म त्रिपालमा बास बस्न बाध्य भएका छौँ, लगातार पानी पर्न नरोकिँदा त्रिपालबाट पनि पानी चुहिन थालेको छ, मनाङ चिसो ठाउँ न हो, सुत्ने ठाउँमा पानीले रुझ्ने र ओढ्ने, ओछ्याउने कपडा नहुँदा समस्या भएको छ”, सीता भन्छिन् ।

लामो समयदेखि लगातार वर्षा हुँदा मनाङवासीलाई त्रिपालको बास बनाएको छ । त्रिपालमा बस्नसमेत पानी चुहिने, सुत्दा ओढ्ने ओछ्याउने न्यानो कपडा नहुँदा अर्को रोगको समस्या देखिनसक्ने अवस्था छ । निरन्तरको वर्षाले त्रिपालमा पानी जमेर चुहिने भएपछि बाढीपहिरो पीडित सङ्कटमा परेका छन् ।

पहिले मनाङमा यति ठूलो बाढीपहिरो आएको थाहा नपाएको स्थानीयवासी छिरिङ दोर्जे लामाले बताए । यस वर्ष मर्स्याङ्दीमा आएको बाढीले मनाङलाई तहसनहस बनाएको उनले बताए ।

बाढी आउँदा बालबालिकालाई बचाए पनि घरमा रहेको खाद्यान्न, धन सम्पत्ति, प्राविधिक सामग्री निकाल्न नभ्याउँदा अन्यत्र आश्रय पाएको ठाउँमा ओढ्ने र ओछ्याउने कपडा नहुँदा समस्या भएको लामा बताउँछन् ।

यस वर्षको मनसुन शुरु हुनासाथ हिमाली जिल्ला मनाङ दैवी प्रकोपमा परे पनि सरकारले चासो नदिएको मनाङवासीको गुनासो छ । मनाङलाई सरकारले छुट्टै देश जसरी व्यवहार गरी आवश्यक सहयोगसमेत नगरेको उनीहरुको भनाइ छ । विपद्को समयमा समेत उचित राहत र विस्थापित मनाङवासीलाई सरकारले सहयोग नगरेको उनीहरु बताउँछन् ।

बाढीपहिरो पीडितलाई त्रिपालसँगै आवश्यक न्यानो कपडा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । चिसोमा सबैलाई आवश्यक सहयोग प्रदान गरिएको उनको भनाइ छ । यद्यपि मनाङवासी बाढीपीडित भने चिसोमा कठ्याङ्ग्रिएर सुत्नुपर्ने अवस्थामा समेत सरकारसँग सहयोग अपिल नगरिएको बताउँछन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ११ : १० बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी