घटस्थापनामा ‘एक’को डिजिटल रिलिज « Khabarhub

घटस्थापनामा ‘एक’को डिजिटल रिलिज


२ भदौ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड महामारीका कारण देशभरका फिल्म हल बन्द छन् । हल कहिले खुल्ने भन्ने कुरा आफैंमा अनिश्चित छ । यो अवस्थामा पनि फिल्म निर्माणको क्रम भने रोकिएको छैन ।

निर्माताहरु फिल्मलाई ओटीटी प्लेटफर्मबाट रिलिज गर्न तम्सिन थालेका छन् । कोभिड महामारीपछि विश्वव्यापी रुपमा फिल्म रिलिजको माध्यम ओटीटी प्रयोग भइरहँदा नेपालमा पनि त्यसको सुरुवात हुन थालेको छ ।

कोरोना महामारीमा ‘हिरो रिर्टन्स’, कोपिला’ र ‘लभ सर्कल’ डिजिटल प्लेटफर्मबाट रिलिज भइरहँदा अब यो सूचीमा मनोज पण्डित निर्देशित फिल्म ‘एक’ पनि जोडिएको छ ।

यो फिल्म आगामी असोज २१ गते घटस्थापनाको दिन डिजिटल रिलिज हुँदैछ । जिजिए ग्रुपले फिल्मको वितरणको जिम्मा लिएको छ ।

फिल्म युनिटले मंगलबार मोशन पोस्टर सार्वजनिक गरेको छ । जसमा द्वन्द्व, आक्रोश, बदलाको भाव देखिन्छ । मधेशको मुद्धामा केन्द्रित फिल्ममा विशाल पोखरेल, प्रमोद अग्रहरि र ज्योत्सना योगीको प्रमुख भूमिकामा अभिनय छ ।

निर्देशक पण्डितले फिल्म स्पाई थ्रिलर जनराको भएको बताए । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापा निर्मित फिल्ममा बाल कलाकारको विश्वन्त पोखरेल छन् । फिल्ममा प्रमोद खड्काको द्वन्द्व निर्देशन छ ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ३ : ५५ बजे

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६