घटस्थापनामा ‘एक’को डिजिटल रिलिज « Khabarhub

घटस्थापनामा ‘एक’को डिजिटल रिलिज


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोभिड महामारीका कारण देशभरका फिल्म हल बन्द छन् । हल कहिले खुल्ने भन्ने कुरा आफैंमा अनिश्चित छ । यो अवस्थामा पनि फिल्म निर्माणको क्रम भने रोकिएको छैन ।

निर्माताहरु फिल्मलाई ओटीटी प्लेटफर्मबाट रिलिज गर्न तम्सिन थालेका छन् । कोभिड महामारीपछि विश्वव्यापी रुपमा फिल्म रिलिजको माध्यम ओटीटी प्रयोग भइरहँदा नेपालमा पनि त्यसको सुरुवात हुन थालेको छ ।

कोरोना महामारीमा ‘हिरो रिर्टन्स’, कोपिला’ र ‘लभ सर्कल’ डिजिटल प्लेटफर्मबाट रिलिज भइरहँदा अब यो सूचीमा मनोज पण्डित निर्देशित फिल्म ‘एक’ पनि जोडिएको छ ।

यो फिल्म आगामी असोज २१ गते घटस्थापनाको दिन डिजिटल रिलिज हुँदैछ । जिजिए ग्रुपले फिल्मको वितरणको जिम्मा लिएको छ ।

फिल्म युनिटले मंगलबार मोशन पोस्टर सार्वजनिक गरेको छ । जसमा द्वन्द्व, आक्रोश, बदलाको भाव देखिन्छ । मधेशको मुद्धामा केन्द्रित फिल्ममा विशाल पोखरेल, प्रमोद अग्रहरि र ज्योत्सना योगीको प्रमुख भूमिकामा अभिनय छ ।

निर्देशक पण्डितले फिल्म स्पाई थ्रिलर जनराको भएको बताए । स्क्रिप्ट फ्याक्ट्रीको ब्यानरमा आत्मा गुरागाइँ र सोफिया थापा निर्मित फिल्ममा बाल कलाकारको विश्वन्त पोखरेल छन् । फिल्ममा प्रमोद खड्काको द्वन्द्व निर्देशन छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ३ : ५५ बजे

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच