‘को–हजबेण्ड’लाई स्लोभाकियामा अवार्ड | Khabarhub Khabarhub

‘को–हजबेण्ड’लाई स्लोभाकियामा अवार्ड


१ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान (को–हजबेन्ड)’ले युरोपको स्लोभाकियास्थित पोपराडमा आयोजित २९ औं ‘इन्टरनेशनल फिल्म फेस्टिबल अफ माउन्टेन फिल्मस्’मा ‘अनरेवल मेन्सन अवार्ड’ जितेको छ ।

आइतबार राति आयोजित अवार्ड समारोहमा निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेले अवार्ड लिएका थिए । अवार्डको घोषणा गर्दै निर्णायक मण्डलले नेपालको अद्वितीय बहुपतीय प्रथाका बारेमा वृत्तचित्रमा संवेदनशील र उत्कृष्ट प्रस्तुति गरेका कारण अवार्ड प्रदान गरिएको बताएका थिए । फिल्म महोत्सवमा १७ वटा देशका ४४ वटा फिल्म प्रतिस्पर्धामा थिए ।

‘विभिन्न देशको फिल्मबीचको प्रतिष्पर्धामा पुरस्कृत हुनु आफैमा गर्वको कुरा हो । अन्तर्राष्ट्रिय जुरी र दर्शकका सामु अवार्ड थाप्न पाउँदा निकै खुसी लागेको छु, यसले आगामी दिनमा थप सिर्जनात्मक कार्यका लागि प्रोत्साहित गरेको छ’– निर्देशक पाण्डेले भने ।

यसअघि गतवर्ष रसियामा आयोजित १९ औं ‘अन्तर्राष्ट्रिय कान्स भिडियो फेस्टिबल’मा प्रथम पुरस्कार ‘ग्राण्ड प्रिक्स अवार्ड’ र ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’मा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्डसहित १ हजार अमेरिकी डलर जित्न सफल ‘सहायक श्रीमान’को यो तेस्रो अन्तर्राष्ट्रिय अवार्ड हो । ‘सहायक श्रीमान’ अक्टोबर २३ तारिखमा अमेरिकाको सियाटलस्थित ‘तस्वीर साउथ एशियन फिल्म फेस्टिभल’मा पनि प्रदर्शन हुँदैछ ।

निर्माता तथा निर्देशक पाण्डे डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)’का निर्माता तथा निर्देशकसमेत हुन् ।

३५ मिनेटको ‘को–हजबेण्ड’ कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । निर्देशक पाण्डेले करिब ४ वर्षको छायांकन र रिसर्चबाट यो सामाग्री तयार पारेका हुन् । साइन मिडियाले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ४ : २६ बजे

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका