हिमाली जनजीवनमा ‘फुर्वाः द नेचर गाइ’ « Khabarhub

हिमाली जनजीवनमा ‘फुर्वाः द नेचर गाइ’


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वाई के फिल्मको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘फुर्वाः द नेचर गाइ’ रिलिज भएको छ । हिमाली भेगको जनजीवनलाई समेटिएको फिल्ममा युगल पोमो लिम्बुको कथा र निर्देशन छ ।

फिल्ममा सिर्जना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लंघालीलगायतका कलाकारको अभिनय रहेको छ । फिल्म धादिङको रुबीभ्यालीमा छायांकन गरिएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर अवार्डसमेत जितिसकेको फिल्ममा बुद्ध थापाको छायांकन, अनिलकुमार महर्जनको सम्पादन, विक्रम राइको स्वर र संगीत रहेको छ । श्याम इङनाम, रेजिना साँवा र हिम सिंघक निर्माता रहेको फिल्ममा हेमराज अनछङ्बो र लोकराज आङ्बुहाङ कार्यकारी निर्माता छन् ।

फिल्ममा दिप्तप्रकाश कश्यपको पटकथा, मिनकुमार विस्टको पाश्र्व संगीत, जानु काम्बाङ लिम्बुको गीत, टेकराज लंघालीको मुख्य सहायक निर्देशन र अमृत मरहठ्ठाको मेकअप रहेको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : ४३ बजे

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले

पाकिस्तानमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको  पर्खाल  भत्किएपछि