कुनै पनि अपराधको राजनीतिकरण गर्नु हुँदैन : नेता साउद « Khabarhub

कुनै पनि अपराधको राजनीतिकरण गर्नु हुँदैन : नेता साउद


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– नेपाली कांग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि अपराधको राजनीतिकरण गर्न नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन बैतडीले बिहीबार पाटनमा गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका नेता साउदले भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रोसँग छानबिन गर्नुपर्ने बताए ।

उनले भने, “नेपाली कांग्रेस कुनै पनि अपराधको राजनीतिकरण गर्न चाहन्न, तर कसैले पनि अपराधलाई राजनीतिकरण गरेर उन्मुक्ति गर्ने प्रयास गर्नुहुन्न ।”

सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रोसँग अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै उनले दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोषलाई फसाउन नहुनेमा जोड दिए । उनले भने, “भागरथीको नियति पनि निर्मला पन्तकै जस्तो नहोस् भन्ने कुरामा नेपाली कांग्रेस गम्भीर छ, यसमा कुनै दाषी मान्छे नउम्कियोस्, निर्दोषले जेल जान नपरोस्, यतातिर सजग भएर प्रशासनले कदम चाल्नुुपर्छ ।”

यसैबीच पत्रकारले पार्टीको महाधिवेशन कहिले हुन्छ ? भन्ने प्रश्नमा नेता साउदले पार्टीको महाधिवेशन अगामी भदौमा हुने बताए ।

कोरोना कहर, प्रतिनिधिसभा विघटन, मध्यावधि निर्वाचन घोषणाले तोकिएकै समयमा महाधिवेशन हुन नसकेको उनको भनाइ छ । उनले भने, “पार्टीको समायोजन हुननसक्नु, राज्य पुनःसंरचनाका बेला भूगोल परिवर्तन हुनु र कोरोना महामारीका कारण यही फागुन ७ गते हुने भनिएको महाधिवेशन हुन सकेन ।”

फागुनमा हुन नसके पनि भदौपछि कानूनले पनि महाधिवेशन गर्न नमिल्ने भएकाले जसरी पनि भदौमा महाधिवेशन हुने जिकिर गरे ।

उनले भने, “संविधानमा कुनै पनि दलले पाँच वर्ष छ महिनाभित्र महाअधिवेशन गरिसक्नुपर्ने उल्लेख छ, त्यसैले हामी भदौमा जसरी भए पनि महाधिवेशन गर्छाैँ ।”

वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गर्नु संविधानविपरीत भएको उनको भनाइ थियो । “प्रतिनिधिसभा विघटन गर्नु संविधानविपरीत हो तर अहिले नै हामीले आन्दोलनमा जानु उपयुक्त होइन”, उनले भने, “विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ, अदालतको फैसला पर्खिएका छौँ, अदालतको फैसला मान्छौँ ।”

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ८ : १६ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि