गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति नै हो : सभापति देउवा | Khabarhub Khabarhub

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति नै हो : सभापति देउवा


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीमा प्रजातन्त्रको शुभकामना दिएका छन् ।

आज फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहासको प्रारम्भ भएको गौरवमय दिनको स्मरण गर्दै उनले शुभकामना व्यक्त गरेका हुन् ।

‘७० वर्षअघि २००७ कार्तिक २६ गतेदेखि प्रारम्भ भएका ऐतिहासिक जनक्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो,’ सभापति देउवाले सन्देश दिँदै भनेका छन्, ‘राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रशस्त गरेको थियो, मध्ययुगिन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्‍यो र प्रजातन्त्रँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्‍यो ।’

साथै उनले वि.सं. २०४६ को परिवर्तन र ०६२/०६३ सालको जनआन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति भएको बताएका छन् । समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/०६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी फागुन ७ को क्रान्ति नै भएको उनले जिकिर गरेका छन् ।

‘अतः ऐतिहासिक त्यो घडी सम्भव तुल्याउने शहीदहरु एवं जननायक वीपी कोइराला लगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान ब्यक्त गर्दछु,’ उनले भनेका छन् ।

साथै उनले संसद विघटन विरुद्धको आन्दोलनमा फागुन ७ को मितिले बिशेष उर्जा सबैलाई प्रदान गर्नेछ भन्ने विश्वास लिएको पनि बताएका छन् ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ८ : ३१ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम