गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति नै हो : सभापति देउवा « Khabarhub

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति नै हो : सभापति देउवा


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीमा प्रजातन्त्रको शुभकामना दिएका छन् ।

आज फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहासको प्रारम्भ भएको गौरवमय दिनको स्मरण गर्दै उनले शुभकामना व्यक्त गरेका हुन् ।

‘७० वर्षअघि २००७ कार्तिक २६ गतेदेखि प्रारम्भ भएका ऐतिहासिक जनक्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको थियो,’ सभापति देउवाले सन्देश दिँदै भनेका छन्, ‘राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रशस्त गरेको थियो, मध्ययुगिन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्‍यो र प्रजातन्त्रँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्‍यो ।’

साथै उनले वि.सं. २०४६ को परिवर्तन र ०६२/०६३ सालको जनआन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति भएको बताएका छन् । समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/०६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी फागुन ७ को क्रान्ति नै भएको उनले जिकिर गरेका छन् ।

‘अतः ऐतिहासिक त्यो घडी सम्भव तुल्याउने शहीदहरु एवं जननायक वीपी कोइराला लगायत अग्रज नेतृत्वप्रति उच्च श्रद्धा र सम्मान ब्यक्त गर्दछु,’ उनले भनेका छन् ।

साथै उनले संसद विघटन विरुद्धको आन्दोलनमा फागुन ७ को मितिले बिशेष उर्जा सबैलाई प्रदान गर्नेछ भन्ने विश्वास लिएको पनि बताएका छन् ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ८ : ३१ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि