सन् २०२० मा मानवअधिकार उल्लंघन घटनामा ५ हजार ५४३ पीडित : इन्सेक « Khabarhub

सन् २०२० मा मानवअधिकार उल्लंघन घटनामा ५ हजार ५४३ पीडित : इन्सेक


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सन् २०२० मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आतिथ्यतामा शुक्रबार ‘नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१’ विमोचन गर्दै अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले सन् २०२० मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको तथ्यांक सार्वजनिक गरेको हो ।

सन् २०१९ मा यस्ता घटनामा ६ हजार ७ सय ४२ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।

तथ्यांकअनुसार मानव अधिकार उल्लंघनका घटनामा ५८ महिला र ६ सय १७ पुरुष गरी जम्मा ६ सय ७५ जना घटना भएका छन् ।

यस्तै ज्यादतीका घटनामा ४ हजार २ सय ७१ महिला, ५ सय ९५ जना पुरुष, एक तेस्रो लिङ्गी र एक जना नखुलेकोसहित जम्मा ४ हजार ८ सय ६८ जना पीडित भएको इन्सेकले जनाएको छ ।

राज्यपक्षबाट सात जनाको हत्या भएको तथा यातनाका घटनामा नौ जना, गिरफ्तारीका घटनामा ३ सय ७० जना, जातिय विभेदका घटनामा ४८ जना, अमानवीय व्यवहारका घटनामा २५ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ९४ जना, धम्कीका घटनामा २५ जना र कुटपिटका घटनामा ३ सय २० जना पीडित भएका छन् ।

यस्तो छ इन्सेकद्वारा जारी ‘नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२१’

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ७ : ४३ बजे

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त