राष्ट्रपति भण्डारी संविधानको रक्षा गर्नबाट 'विमुख' बनेको पूर्वराष्ट्रपति यादवको आरोप | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी संविधानको रक्षा गर्नबाट ‘विमुख’ बनेको पूर्वराष्ट्रपति यादवको आरोप


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको रक्षा गर्नबाट विमुख भएको आरोप लगाएका छन् ।

शुक्रबार नेपाली कांग्रेसका नेता डा. शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र बीपी विचार संग्रह दुई पुस्तकको विमोचन गर्दै पूर्वराष्ट्रपति डा. यादवले राष्ट्रपति भण्डारी दलीय स्वार्थमा लागेको आरोप लगाएका हुन् ।

राष्ट्रपतिका पछिल्ला गतिविधिले राष्ट्रपति भण्डारीले दलीय आवद्धता नछोडेको संकेत गरेको समेत उनले आशय प्रकट गरे ।

‘उहाँ त राजनीतिक दलमा हुनुहुन्न, म पनि कांग्रेसबाट राष्ट्रपति बन्दा तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला समक्ष राजीनामा दिएको थिएँ । उहाँले पनि दिनुभएको होला,’ डा. यादवले भने ।

प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले दलभित्रको विवादलाई लिएर उक्त कदम रोक्न  सक्नुपर्ने डा. यादवको भनाइ थियो ।

सम्बोधनकै क्रममा डा. यादवले १४ वर्ष लोकतन्त्रका लागि जेल बसेको ‘धाक देखाउने’ प्रधानमन्त्री स्वयं लोकतन्त्रलाई संकटमा पार्न उद्दत रहेको आरोप लगाए ।

उनले लोकतन्त्रमा फेरि एक पटक ‘ग्रहण’ लागेको बताउँदै यसलाई बचाउन सबै एकजुट हुनुपर्ने बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ७ : २४ बजे

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको

मनाङ प्रदेशसभामा उपनिर्वाचनका लागि सर्वोच्चले खोलिदियो बाटो

काठमाडौँ- मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा आगामी कात्तिक १७

वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय गर्ने

जनकपुर– वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि सुरक्षा निकायले समन्वय तथा