प्रदेश २ प्रमुखबाट परियारलाई पदमुक्त गरिनु दलितमाथिकै अपमान हो : अध्यक्ष प्रचण्ड « Khabarhub

प्रदेश २ प्रमुखबाट परियारलाई पदमुक्त गरिनु दलितमाथिकै अपमान हो : अध्यक्ष प्रचण्ड


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ का प्रमुख तिकल परियारलाई पदमुक्त गरिनु ओली सरकारको ‘निरंकुशता’ भएको बताएका छन् ।

उनले परिवारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्ठाका साथै सम्पूर्ण दलित समुदायमाथि नै अपमान भएको बताएका हुन् ।

प्रचण्ड पुत्री गंगा दाहालले उनको भनाइ उद्धृत गर्दै फेसबुकमा लेखेकी छिन्– ‘२ नम्बर प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्टाका साथै सम्पूर्ण दलित समुदाय माथि नै अपमान हो : कमरेड प्रचण्ड ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई आजै पदमुक्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ९ : २७ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले