गण्डकी प्रदेश सभाको विशेष अधिवेशन १३ बैशाखमा « Khabarhub

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन १३ बैशाखमा


६ बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशसभाको विशेष अधिवेशन १३ वैशाखका लागि आह्‍वान गरिएको छ । संविधानको धारा १८३ अनुसार एक चौथाई सांसदले माग गरेअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाएका हुन् ।

वैशाख २ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध कांग्रेस, माओवादी र जसपाका सांसदले बैठकबाट अविश्वास प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव पेस भएसँगै मुख्यमन्त्री गुरुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका थिए ।

प्रस्तावित मुख्‍यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरिएको छ । उनी कांग्रेसबाट निर्वाचित नवलपुरबाट विजयी सांसद हुन् । पोख्रेलको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ ।

हस्ताक्षर गर्नेहरूमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ जना छन् । गण्डकीमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र १ जना स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ६ : २० बजे

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

उदयपुर– दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन