साइबर हमलाका घटनामा चीन दोषी रहेको भन्दै पश्चिमा सहयोगी गठबन्धनद्वारा निन्दा « Khabarhub

साइबर हमलाका घटनामा चीन दोषी रहेको भन्दै पश्चिमा सहयोगी गठबन्धनद्वारा निन्दा


४ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिमा सहयोगी गठबन्धनले साइबर हमलाका घटनामा चीन दोषी रहेको भन्दै निन्दा गरेका छन् । यसै वर्षको सुरुवातमा भएका साइबर हमलामा चीन दोषी रहेको भन्दै उनीहरुले निन्दा गरेका हुन् ।

यो हमला माइक्रोसफ्टको एक्सचेन्ज सर्भरमा भएको दाबी गरिएको छ । जसका कारण विश्वको कम्तिमा ३० हजार सर्भरहरु प्रभावित भएको बताइन्छ ।

आर्थिक लाभका लागि चीनले साइबर ह्याकरहरुको पक्षपोषण गरिरहेको समेतउनीहरुले आरोप लगाएका छन् । नेटो र इयूले पनि चिनियाँ ह्याकरहरुका गतिविधिको भर्त्सना गर्दै विज्ञप्ति जारी गरेका छन् ।

अमेरिका, बेलायत लगायतका पश्चिमा गठबन्धनले चीनले यस्ता गतिविधि नरोके कडा मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  १० : ०९ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्