युरोपियन युनियनको लघु चलचित्र प्रतियोगिता « Khabarhub

युरोपियन युनियनको लघु चलचित्र प्रतियोगिता


३ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालस्थित युरोपियन युनियुनको डेलिगेसनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिताको घोषणा गरेको छ । युरोपियन युनियनले दसौँ संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिताको घोषणा गरेको हो ।

यही असोजको १ देखि ९ गतेसम्म नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ)को दसौँ संस्करण भर्चुअल रुपमा आयोजना हुँदैछ । प्रतियोगितामा लैङ्गिक समानताका विषयमा बनेका फिल्म प्रतियोगीको रुपमा सहभागी हुन सक्ने युरोपियन युनियनले उल्लेख गरेको छ ।

लैङ्गिक विभेद, लैङ्गिक समानताका फाइदा, नेपालमा लैङ्गिक समानताको अवस्था आदि विषय उठाइएका फिल्मलाई प्रतियोगितामा प्राथमिकता दिइने पनि युरोपियन युनियनले जनाएको छ । यी मात्र नभएर लैङ्गिक समानताका विषयलाई छुने अन्य विषयमा बनाइएका फिल्म पनि प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

प्रतियोगितामा सहभागी हुने फिल्मकर्मी नेपालीनागरिक हुनुपर्ने र फिल्मको लम्बाई ४० मिनेट वा त्योभन्दा कम हुनुपर्ने युरोपियन युनियनले शर्तको रुपमा उल्लेख गरेको छ ।

त्यसबाहेक प्रतियोगितामा सहभागी हुने फिल्म सन् २०१८ वा त्योभन्दा पछि बनाइएको हुनुपर्नेछ । त्यो समयावधिभन्दा अगाडि बनाइएका फिल्म प्रतियोगिताका लागि योग्य नहुने शर्तको रुपमा उल्लेख गरिएको छ ।

नेपालमा बोलिने जुनसुकै भाषामा बनेका फिल्म प्रतियोगितामा सहभागी हुन सक्ने जनाइएको छ । तर यसरी बनेका फिल्म अंग्रेजी भाषामा सबटाइटल गरेको पर्ने छ । यदि अंग्रेजीमा नै पुरै फिल्म खिचिएको छ भने त्यसलाई नेपालीमा सबटाइटल गरेको हुनुपर्ने युरोपियन युनियनले बताएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले आफ्नो फिल्मएमपी ४ फम्यार्टमा [email protected] भदौ १५ मध्यरातसम्ममा पठाइ सक्नुपर्नेछ । त्योबाहेक फिल्मकर्मीले भिमियो लिंकपनि पठाउन सक्नेछन् जुन लिंक पनि फिल्मकर्मीले माथिको इमेल ठेगानामै मेल गर्नुपर्नेछ ।

यसरी सहभागी हुन आएका फिल्मलाई युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले गठन गरेको निर्णायक समूहले मूल्यांकन गर्नेछ र फेस्टिभलको सुरुवातमै विजेताको घोषणा गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने फिल्मले ५ सय युरो प्राप्त गर्नेछ । यो प्रतियोगितामा उत्कृष्ट बनेको फिल्म नेपाल युरोपियन फिल्म फेस्टिभलको यो संस्करणमा नै प्रदर्शन पनि गरिनेछ ।

प्रकाशित मिति : ३ भाद्र २०७८, बिहीबार  ११ : २५ बजे

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी– एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड मूल्यबराबरको आलु र