सोलुखुम्बुबाट परिणीति लेख्छिन्–दैनिक ध्यान, मेरो राज « Khabarhub

सोलुखुम्बुबाट परिणीति लेख्छिन्–दैनिक ध्यान, मेरो राज


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘उचाइ’को लागि नेपाल आएकी बलिउड अभिनेत्री परिणीति चोपडा यतिबेला सोलुखुम्बुको सेरोफेरोमा छिन् । उनी नेपाल आएदेखि नै दैनिक तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् ।

उनले मंगलबार पहाडी भूभागमा ध्यान गरिरहेको तस्वीर इन्स्टाग्राम र ट्वीटर एकाउण्टमा शेयर गरेकी छन् । तस्वीरमा बादलले ढाकिएको पहाड र सूर्यको किरणलाई देख्न सकिन्छ । प्रकृतिको सुन्दरतामा परिणीति निकै गरम पहिरन लगाएर ढुंगामाथि बसेर ध्यान गरिरहेकी छन् । ‘दैनिक ध्यान, मेरो राज’, उनले लेखेकी छन् ।

यसअघि परिणीतिले नेपालको गाउँका बच्चासँग फूटबल खेलिरहेको भिडियो शेयर गरेकी थिइन् । ‘समुन्द्र सतहबाट ११ हजार फिट उचाईंमा बालिकाहरुसँग फूटबल । मेरो लागि जिन्दगीको मतलब नै सानो सानो खुशीको पलसँगको सम्बन्ध’, उनले लेखेकी थिइन् ।

परिणीतिले नेपाल आएर विभिन्न प्राकृतिक सुन्दरतासँगको तस्वीर सामाजिक सञ्जालमा राख्न थालेपछि उनकी दिदी प्रियंका चोपडा पनि प्रभावित छिन् ।

फिल्म ‘उचाइ’मा अनुपम खेर, बोमन इरानी, नीना गुप्ता र अमिताभ बच्चनको पनि अभिनय छ । फिल्मको हाल लुक्ला, नाम्चे, मनाङलगायतका रमणीय स्थानमा छायांकन भइरहेको छ । बलिउडको प्रख्यात ब्यानर राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्ममा सुरज बडजात्याको निर्देशन छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ४ : २७ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते