सोलुखुम्बुबाट परिणीति लेख्छिन्–दैनिक ध्यान, मेरो राज « Khabarhub

सोलुखुम्बुबाट परिणीति लेख्छिन्–दैनिक ध्यान, मेरो राज


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘उचाइ’को लागि नेपाल आएकी बलिउड अभिनेत्री परिणीति चोपडा यतिबेला सोलुखुम्बुको सेरोफेरोमा छिन् । उनी नेपाल आएदेखि नै दैनिक तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहन्छिन् ।

उनले मंगलबार पहाडी भूभागमा ध्यान गरिरहेको तस्वीर इन्स्टाग्राम र ट्वीटर एकाउण्टमा शेयर गरेकी छन् । तस्वीरमा बादलले ढाकिएको पहाड र सूर्यको किरणलाई देख्न सकिन्छ । प्रकृतिको सुन्दरतामा परिणीति निकै गरम पहिरन लगाएर ढुंगामाथि बसेर ध्यान गरिरहेकी छन् । ‘दैनिक ध्यान, मेरो राज’, उनले लेखेकी छन् ।

यसअघि परिणीतिले नेपालको गाउँका बच्चासँग फूटबल खेलिरहेको भिडियो शेयर गरेकी थिइन् । ‘समुन्द्र सतहबाट ११ हजार फिट उचाईंमा बालिकाहरुसँग फूटबल । मेरो लागि जिन्दगीको मतलब नै सानो सानो खुशीको पलसँगको सम्बन्ध’, उनले लेखेकी थिइन् ।

परिणीतिले नेपाल आएर विभिन्न प्राकृतिक सुन्दरतासँगको तस्वीर सामाजिक सञ्जालमा राख्न थालेपछि उनकी दिदी प्रियंका चोपडा पनि प्रभावित छिन् ।

फिल्म ‘उचाइ’मा अनुपम खेर, बोमन इरानी, नीना गुप्ता र अमिताभ बच्चनको पनि अभिनय छ । फिल्मको हाल लुक्ला, नाम्चे, मनाङलगायतका रमणीय स्थानमा छायांकन भइरहेको छ । बलिउडको प्रख्यात ब्यानर राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्ममा सुरज बडजात्याको निर्देशन छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ४ : २७ बजे

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ