मुस्ताङ जाने बाटोमा जताततै पहिरो « Khabarhub

मुस्ताङ जाने बाटोमा जताततै पहिरो


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– बेनी–जोमसोम सडकमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीमा क्षेत्रबाट सवारीसाधान आउजाउ गर्न सकेका छैनन् । सोही कारण दर्जनौं गाडी विभिन्न ठाउँमा अलपत्र परेका छन्।

रुप्से झरना, काभ्रेभीर र डुम्रीभीरमा बढी समस्या भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । ‘मंगलबार विहान एक पटक सबै साना गाडी पास गराएका छौं । ठूला गाडी पास हुने अवस्था छैन,’ उनले भने, ‘फोर ह्वीलर गाडी मात्रै आउजाउ गर्न सक्छन् ।’

बाटो बिग्रिएपछि म्याग्दीको बेनीबाटै गाडी प्रवेशमा रोक लगाइएको उनले बताए । लकडाउन र बाढी पहिरोपछि दुई साताअघि मात्रै बेनी–जोमसोम सडक खुलेको थियो । दानादेखि घाँसासम्मको करिब पाँच किलोमिटर दुरी सबैभन्दा जोखिमपूर्ण छ ।

बाटो अवरुद्ध भएपछि मुस्ताङ घुम्न गएका पर्यटकहरू समस्यामा परेका छन् । ठेकेदारले समयमा काम नगर्दा पहिरोसँगै सडक पनि हिलाम्मे भएको छ । सबैतिर खाल्डैखाल्डा छ । बेनीदेखि जोमसोमसम्मको सडक स्तारेन्नती गर्न साढे दुई अर्बभन्दा बढीमा ठेक्का लागेको छ । चार खण्डमा ठेक्का दिएकोमा कोरलादेखि जोमसोमसम्म काम भैरहेको छ । समरको भीरदेखि स्याङबोचेसम्म काममा ढिलाइ भएको छ ।

यो सडक १० मिटर फराकिलो गर्ने योजना छ । त्यसमा ७ मिटर पीचको हुने छ । सडक हिलो भएपछि डोजरले गाडी तानेर पास गराईरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले बताए । ‘प्रहरी खटाएका छौं । डोजरले गाडी तानिरहेको छ,’ उनले भने, ‘डुम्रीभीरको बाटो नभएपछि अर्काको जग्गाबाट पास गराएका हौं ।’ उनले वर्षा जारी रहेकाले अहिले मुस्ताङ भ्रमणको योजना नबनाउन पनि आग्रह गरेका छन् । मुस्ताङका साना खोलाहरुमा समेत बाढी आईरहेको स्थानीय शुशीलबाबु थकालीले बताए । न्यूज कारखाना

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ५ : ४० बजे

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको

बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको

सम्पर्कविहीन प्रियजन सकुशल भेटिने आशा कायम राखौँ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढीका