बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो, धरान र विराटनगर जाने सडक बन्द « Khabarhub

बाढीमा फसेका छ परिवारलाई सुरक्षित स्थानमा सारियो, धरान र विराटनगर जाने सडक बन्द


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको तरहरास्थित पानीपियामा बाढीमा फसेका छ घर परिवारलाई सुरक्षाकर्मीले उद्धार गरेको छ ।

नेपाल प्रहरी र नेपाली सेनाले ती घर परिवारका १५ जनालाई उद्धार गरेको हो । उनीहरूलाई घण्टौँ लगाएर उद्धार गरिएको इलाका प्रहरी कार्यालय तरहराका प्रहरी नायव निरीक्षक मनोज अधिकारीले जानकारी दिए ।

यस्तै, निरन्तरको वर्षाले सुनसरीको इटहरी उपमहानगरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । इटहरीका बुढी खोला, टेङ्ग्रा खोला र खेती खोला मानव बस्तीमा पसेसँगै डुबान बनेको हो । इटहरी चोक, तरहरा, बरगाछीलगायतका स्थानमा डुबान भएको छ ।

डुबानका कारण कतिपय बस्तीमा मानिसहरू फसेका छन् । उनीहरूको उद्धार गर्ने काम भइरहेको छ । वर्षाकै कारण इटहरीदेखि धरान जाने मुख्य सडक खण्डसमेत अवरुद्ध भएको छ । त्यस्तै, इटहरीदेखि विराटनगर जोड्ने सडकमा समेत आवतजावत बन्द भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ७ : ३० बजे

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले

आजदेखि झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु

भद्रपुर– औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ आजदेखि जिल्ला सदरमुकाम

नेतान्याहु ट्रम्पको शान्ति बोर्डमा सहभागी

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड

दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

वालिङ– दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी