ट्रेलरमा आयो ‘चपली हाइट ३’ « Khabarhub

ट्रेलरमा आयो ‘चपली हाइट ३’


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी पुष २ गते रिलिज मिति तोकिएको फिल्म ‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म युनिटले शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।

अर्जुन कुमारको निर्माण र निकेश खड्काको निर्देशन रहेको ट्रेलरमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, अर्पण थापालगायतका कलाकारलाई प्राथमिकता दिइएको छ ।

प्रतीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौलाको समेत अभिनय रहेको फिल्ममा आकाश बरालको कथा तथा संवाद छ ।

यो फिल्मले २०७६ साल चैत २८ लाई प्रदर्शन मिति तोके पनि कोभिड महामारीका कारण त्यो समयमा प्रदर्शन हुन सकेको थिएन ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ४ : ४३ बजे

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते