डेउडा गायक जोशीमाथि कुटपिट « Khabarhub

डेउडा गायक जोशीमाथि कुटपिट


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– डेउडा गायक भानुभक्त जोशीमाथि निर्घात कुटपिट भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका ६ सित्तड घर भएका जोशीमाथि शनिबार राति कुटपिट भएको हो । आफूलाई दार्चुलाको शैल्यसिखर नगरपालिका ९ स्थित गोकुलेश्वर बजारका व्यापारी रुपेश साउदले कुटपिट गरेर घाइते बनाएको जोशीले बताए ।

उनले भने, ‘हामी दिनभरी भिडियो छायांकनमा थियौं । साँझ म एक्लै होटलमा पुग्दा उनीहरूको ग्रुप आयो । मलाई गालिगलौज गर्न थाले । मैले बोल्न खोज्दा कोठाभित्र लगेर कुटपिट गरे । मलाई मार्ने योजना रहेछ । भागेर बल्ल ज्यान जोगाउन सफल भएँ ।’ कुटपिट गर्ने व्यक्ति दुई जना रहेको र आफू एक्लै भएको घाइते जोशीले बताए । आफूलाई मदिरा सेवन गरेर कुटपिट गरेको जोशीको भनाइ छ ।

कुपिटबाट घाइते भएका जोशीलाई माया मेट्रो अस्पतालले रिफर गरेको थियो । उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइहेको छ ।

कुटपिटबाट जोशीको छाती, आँखा, नाकलगायत ठाउँमा गम्भीर चोट लागेको छ । अहिले आफ्नो अवस्था सुधारोन्मुख रहेको जोशीले बताए । घटना महेन्द्रनगरस्थित चौलानी होटलमा शनिबार राति ८ बजे भएको हो ।

घटनाको विषयमा अनुसन्धान भैरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न एक जनालाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : १९ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ