काठमाडौँ उपत्यकाका यी क्षेत्रमा आज बत्ती जाने(सूचीसहित) « Khabarhub

काठमाडौँ उपत्यकाका यी क्षेत्रमा आज बत्ती जाने(सूचीसहित)


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विद्युत कटौती हुँदैछ ।

मर्मतसम्भारको काम गर्न पर्ने भएकाले आज काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ठाउँमा आज बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

लगनखेल वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि तीन घण्टा बत्ती कटौती हुनेछ । रेडियो नेपाल फिडरअन्तर्गत पर्ने सातदोबाटो, रेडियो नेपाल, कृषि अनुसन्धान, इसिमोड, खुमलटार, प्रचण्ड निवास, धापाखेल, भेल्पा, जेम्स, कान्तिपुर इन्जिनियरिङ, नागदहलगायत क्षेत्रमा दिउँसो २ बजे मात्रै बत्ती आउनेछ ।

यस्तै लगनखेल वितरणकेन्द्रको जावलाखेल फिडरअन्तर्गत पर्ने पाटन हस्पिटल, कुमारीपाटी, मानभवन, जावलाखेल र ए.भी.एम. चोकलगायत क्षेत्रमा पनि विद्युत मर्मतसम्भारको काम हुने भएकाले  मध्याह्न १२ बजेदेखि २ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

पुल्चोक वितरण केन्द्रको पाटन फिडर अन्तर्गत पर्ने रियो अपार्टमेन्ट क्षेत्रमा पनि ११ बजेदेखि २ बजेसम्म बत्ती कटौती हुनेछ ।

११ केभी क्षमताको लाइनको काम गर्नुपर्ने भएकाले त्यस क्षेत्रमा पनि तीन घण्टा बिजुली जाने भएको हो । पाटन फिडरअन्तर्गत पर्ने हनुमानथान, प्रसूति गृह, रियो अपार्टमेन्ट, शङ्खमूल, यूएनपार्क, चाकुपाट, पुलचोक क्याम्पस, भाटभटेनीलगायत क्षेत्रमा दिउँसो २ बजेमात्रै बत्ती आउनेछ ।

भक्तपुरको इटापाखे, सल्लाघारी, केएमसी हस्पिटल, दुवाकोट हाइट, एपी भैरव र झौखेल क्षेत्रमा १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । भक्तपुर वितरण केन्द्रको कटुन्जे फिडरमा पर्ने वीर नेक कलेज नजिकै ट्रान्सफर्मर जडानलगायतको काम गर्नुपर्ने भएकाले १० बजेदेखि विद्युत कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

काठमाडौँको बुढानिलकण्ठ उपवितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत पर्ने हात्तीगौँडा टेलिकम क्षेत्रमा मर्मतको काम गर्नुपर्ने भएकाले स्पेशल चोक, हात्तीगौँडा, ज्ञानेश्वरलगायत क्षेत्रमा दिउँसो १ बजेदेखि २ बजेसम्म विद्युत कटौती हुनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ८ : ५० बजे

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

वैशाखको पहिलो साता विपद्का १४६ घटना, ७ जनाको मृत्यु

काठमाडौं-२०८३ वैशाख महिनाको पहिलो साता (१ देखि ६ गतेसम्म) देशभर