यी हुन् कुखुराको मासु खाँदाका फाइदा « Khabarhub

यी हुन् कुखुराको मासु खाँदाका फाइदा


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यदि तपाईं मांसाहारी हुनुहुन्छ र चिकेन खानाको विशेष पारखी हुनुहुन्छ खुशी हुनुहोस् । त्यस्तो खानाले तपाईलाई कयौँ लाभ दिन्छ ।

– चिकेनमा प्रोटिनको मात्रा उच्च हुन्छ, जसले शरीर तथा मांसपेशीको विकासमा मद्दत पुर्‍याउँछ ।

–  दुब्लो हुनुहुन्छ भने चिकेन खाना ज्यादै उपयोगी हुन्छ, किनकि चिकेन खाने जीउ चाँडै लाग्छ ।

–डिप्रेसन, टाउको दुःखेको आदि अवस्थामा चिकेनको सुप पिउनु ज्यादै फाइदाजनक हुन्छ ।  चिकेनको सुप खानाले दिमागमा सिरोटोनिन नामक पदार्थ निस्किन्छ, जसले मानिसलाई मुडमा ल्याउने, तनाव, चिन्ता आदिबाट मुक्त गर्ने गर्छ ।

– उमेर बढ्दै गएपछि हड्डी कमजोर हुँदै जान्छ । यसले मानिसमा अर्थराइटिस र अस्टियोपोरोसिसजस्ता हड्डीसम्बन्धी समस्या उत्पन्न गराउँछ । चिकेनमा पाइने प्रोटिनले हड्डीसम्बन्धी यस्ता समस्याबाट छुटकारा दिलाउँछ ।

– चिकेन खानाले शरीरमा होमोसिस्टिन नामक एमिनो एसिडको मात्रा बढ्न पाउँदैन, जसले गर्दा मुटु बलियो हुन्छ ।

– चिकेनमा फस्फोरसको मात्रा उच्च हुन्छ । यसले दाँत र हड्डीलाई बलियो बनाउने गर्छ । साथै यसले किड्नी, लिभर र नर्भस सिस्टमलाई पनि बलियो बनाउँछ ।

– चिकेनमा सेलेनियम नामक तत्वको मात्रा बढी हुन्छ । यसले मानिसको थायराइड, हर्मोन्स, मेटाबोलिजम र इम्युनिटी सिस्टमलाई बलियो बनाउँछ ।

– चिकेनमा रेटिनल, अल्फा तथा बिटा केरोटिन, लाइकोपिन, भिटामिन आदि पाइन्छ, जसले आँखालाई तेजिलो राख्छ र रतन्धो हुनबाट जोगाउँछ ।

-समय–समयमा चिकेन खाइरहनाले आँखाको ज्योति कायम रहन्छ ।  आँखा सुख्खा हुने, पानी आउने, मोतियाविन्दु हुने लगायत सम्भावना पनि कम हुन्छ ।

साभारः घरेलु आयुर्वेदिक उपचार पुस्तकबाट

 

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ८ : ३० बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले