प्रधानमन्त्रीले भने : भोलि भारतबाट १० लाख डोज खोप ल्याउँछौँ « Khabarhub

प्रधानमन्त्रीले भने : भोलि भारतबाट १० लाख डोज खोप ल्याउँछौँ


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आइतबार भारतबाट १० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गरेर ल्याउने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा भएको कार्यकर्ता भेलामा सम्बोधन गर्दा सरकारले खरिद गरेर ल्याउने भनेको २० लाख डोजमध्येको १० लाख डोज खोप भोलि आउने बताएका हुन्।

उनले भने, ‘सरकरारले खरिद गर्ने भनेको २० लाख मध्ये १० लाख डोज कोरोना विरुद्धको खोप भोलि आउँछ अरू विस्तारै आउँछ।’

भारत सरकारले गत ८ माघमा १० लाख डोज अनुदानस्वरूप कोरोनाविरुद्धको खोप दिएको थि‍यो । उक्त अनुदानको खोप अहिले विभिन्न प्राथमिकतामा परेकाहरुलाई लगाउने क्रम जारी राखिएको छ ।

सरकारले उक्त खोप आएपछि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्नेछ। दोस्रो चरणमा ज्येष्ठ नागरिक, कडा रोग भएको व्यक्तिहरूलाई खोप लगाउने छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ५ : ४९ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार