पार्टी भित्रको समस्या जिम्मेवारपूर्ण ढंगले समाधान गर्न नेता विष्टको माग « Khabarhub

पार्टी भित्रको समस्या जिम्मेवारपूर्ण ढंगले समाधान गर्न नेता विष्टको माग


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता गोकर्ण बिष्टले एकता पूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँत्याएर विधिमार्फत् समाधान खोज्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेकपा एमालेमा देखा परेका समस्याहरुको समाधानकालागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली नेताहरुलाई स्पष्टीकरण सोधेपछि विष्टले पार्टीभित्रको समस्या जिम्मेवारपूर्ण ढंगले समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विगत केही समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधान गर्न संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदमाथी कारबाहीका घटनाहरु अघि बढाइएको छ । यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ ।’

उनले संवादहीनता र कारबाहीको बाटोबाट समस्या समाधान नहुने बताएका छन् । उनले भनेका छन्, ‘अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट सञ्चालन गरेर नै एकता जोगाउन सकिन्छ । एउटा इमान्दार कार्यकर्ताको पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैँ माथी हुन्छ ।’

उनले लेखेका छन्, ‘एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधिमार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौं ।’

https://www.facebook.com/Gokarna.bistauml/posts/4323326294353643

 

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ३ : ५९ बजे

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ