सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य


७ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन (हिउँदे अधिवेशन) आज राति १२ बजेदेखि अन्त्य हुँदैछ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सातौँ अधिवेशन अन्त्य गरिएकोसम्बन्धी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरे ।

गएको माघ २६ गते शुरु भएको यो अधिवेशनअन्तर्गत २० दिनमा ३१ पटक बसेको बैठकको कारवाही १७ घण्टा १८ मिनेट सञ्चालन भएको थियो । सातौँ अधिवेशनमा प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना गर्न बनेको विधेयक पारित भएको छ ।

यसैगरी प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित भएको छ ।

दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको पर्यटनलगायत विधेयक विचारधीन रहेका छन् । अधिवेशनको अन्तिम दिन आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभाको एक पद रिक्त

सातौँ अधिवेशनको अन्त्य हुने अघिल्लो दिन सोमबार बसेको प्रदेशसभाको बैठकमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य झपटबहादुर बोहराको पद रिक्त भएको विषय जानकारी दिइएको थियो ।

सभामुख थापाले नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्य बोहराले दल त्याग गरेकोसम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा दर्ता भएअनुसार नेपालको संविधानको धारा १८० तथा राजनीतिक दलसम्बन्धी ऐन र सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०७४ बमोजिम उनको प्रदेशसभा सदस्य पद रिक्त भएको जानकारी दिएका थिए ।

नेकपा माओवादी केन्द्रकोतर्फबाट अछामको निर्वाचन क्षेत्र १ को ‘ख’ बाट निर्वाचित बोहराले दल त्याग गरेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । बोहरा हालै नेकपा (एमाले)मा प्रवेश गरेका थिए । नेकपा (एमाले)मा प्रवेश गरेसँगै प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका बोहराले मन्त्री पदबाट राजीनामासमेत दिएका थिए ।

सङ्घीय लोकतान्त्रिक व्यवस्थापछि गठन भएको सुदूरपश्चिम प्रदेशसभामा दल त्याग गरेर प्रदेशसभा सदस्यको पद रिक्त भएको यो पहिलो घटना हो । देशका अन्य कतिपय प्रदेशसभामा र सङ्घीय संसद्मा सरकारले ‘विजनेश’ नदिएको टीका टिप्पणी भइरहँदा सुदूरपश्चिम प्रदेशमा भने यस्तो अवस्था देखिएन । – रासस

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : २५ बजे

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय

काठमाडौंका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

आईपीएल : बेंगलुरुका बलर चम्किँदा दिल्ली क्यापिटल्स ७५ रनमै समेटियो

काठमाडौं – आईपीएल २०२६ को ३९औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले

कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज

काठमाडौं- सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर

वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै

काठमाडाैं । सरकारले मुलुकको समग्र आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको