कोरोना मुक्त भएको कति समयपछि लगाउने खोप ? यस्तो छ विज्ञको सुझाव « Khabarhub

कोरोना मुक्त भएको कति समयपछि लगाउने खोप ? यस्तो छ विज्ञको सुझाव


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली(एएनआई)- कोरोना भाइरस सङ्क्रमित बिरामीले सङ्क्रमणमुक्त भएको कति समयपछि खोप लगाउने ?

ठ्याक्कै यति नै समय भन्ने उत्तर कसैसँग छैन । तर भारतीय विज्ञहरूले  तीन महिनापछि खोप लिनु राम्रो हुने जनाएका छन् ।

कोरोनामुक्त भएकाहरूका लागि पनि तीन महिनापछि खोप जरूरी भएको भन्दै विज्ञहरूले भारतमा खोप अभियान तीन महिना स्थगित गर्न आग्रह गरेका छन् ।

भारतीय कोभिड–१९ खोप प्रशासन राष्ट्रिय विशेषज्ञ समिति (एनईजीभीएसी) ले बुधवार यस्तो सिफारिस गरेको हो ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एनईजीभीएसीको नयाँ सिफारिसहरू कोभिड–१९ महामारीको उदाउँदो अवस्था र उदाउँदो विश्वव्यापी वैज्ञानिक प्रमाण र अनुभवको आधारमा गरिएको हो ।

‘एन्टि सार्स–२ मोनोक्लोनल एन्टिबडी’ वा ‘कम्भलेसेन्ट प्लाज्मा’ दिई उपचार गरिएका कोभिड–१९ सङ्क्रमित बिरामीहरूलाई दिने खोप पनि अस्पतालबाट डिस्चार्ज हुने मितिदेखि तीन महिनासम्म स्थगित गरिनुपर्ने विज्ञहरूको समितिले बताएको छ ।

एनईजीभीएसीका नयाँ सिफारिसहरुमा भनिएको छ, “कुनै व्यक्ति खोपको पहिलो डोज लिएपछि सङ्क्रमित भएमा पनि दोस्रो मात्रा सङ्क्रमणमुक्त भएको तीन महिनासम्मका लागि स्थगित गर्नुपर्नेछ ।”

कोभिड–१९ सङ्क्रमणमुक्त भएको परीक्षण रिपोर्ट आएको १४ दिने वा खोप लगाएको १४ दिनपछि कुनै पनि व्यक्तिले रगतदान गर्न सक्ने विज्ञ समूहले सिफारिस गरेको छ ।

समितिले अन्य रोग लागेका गम्भीर बिरामीले कोभिड–१९ को खोप लिनुभन्दा पहिले ४–८ हप्ता अस्पतालमा भर्ना हुन वा चिकित्सकको हेरचाह आवश्यक रहेको पनि सुझाब दिएको छ ।

स्तनपान गराउने महिलाले चिकित्सकको सल्लाह लिएर खोप लिन सक्ने तर गर्भवतीहरुका लागि के गर्ने भन्ने बिषयमा अझै खोपका लागि राष्ट्रिय प्राबिधिक सल्लाहकार समूहले छलफल तथा अध्ययनहरू गरिरहेको भारतीय संघीय स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ६ : १० बजे

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ

इरानी तेल सञ्लालमाथि हमला, अमेरिकाले पश्चिम एशियामा २५०० मरिन तैनाथ गर्ने

वाशिङ्टन डीसी- अमेरिका र इरानबीचको द्वन्द्व तीव्र हुँदै गएको छ

मधेसको विकासमा मुख्यमन्त्री यादवको ध्यान केन्द्रित

धनुषा– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारलाई संवैधानिक रूपमा

कतारस्थित नेपाली दूतावास : साउदी अरब हुँदै स्वदेश फिर्नेले पर्यटक भिसाको अपोइन्टमेन्ट लिनू

दोहा– कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमपछि

ग्याँस र इन्धनमा कृतिम अभाव गराउनेमाथि महानगरको निगरानी

काठमाडौं– खाना पकाउने ग्याँस र सवारी साधनका लागि इन्धनमा कृतिम